काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतारको दोहा भ्रमण रद्द भएको छ । आइतबार दिउँसो परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री दाहालको भ्रमण बारे पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।
तर, अचानक प्रधानमन्त्री दोहा भ्रमण रद्द भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । अतिकम विकसित मुलुकहरू (एलडिसिज) को पाँचौँ सम्मेलनमा सहभागी हुन फागुन १९ मा प्रधानमन्त्री दोहा प्रस्थान गर्ने कार्यक्रम थियो ।
देशमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भएको र पछिल्लो राजनीतिक घटनाक्रमले दलहरूबीच विभिन्न छलफल गर्नुपर्ने लगायते भ्रमण रद्द भएको सचिवालयको भनाइ छ । प्रधानमन्त्री १९ गते दोहा पुगेर २२ गते नेपाल फर्किने कार्यक्रम थियो ।
प्रकाशित मिति २०७९ फागुन १५ गते सोमबार ०७:३१