काठमाडौं
परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणलाई प्रधानमन्त्री पुष्पकमल दाहालले रोकेका छन् । आइतबार साँझ जेनेभा जाने तयारीमा रहेकी मन्त्री राइको भ्रमण प्रधानमन्त्रीले नाटकीय रुपमा रोकेका हुन् ।
मन्त्रिपरिषद्ले नै गरेको निर्णय अनुसार मन्त्री पौड्याल नेतृत्वको टोली आइतबार साँझ राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन उड्न लागेको थियो । प्रधानमन्त्रीको निर्देशनपछि राईको भ्रमण रोकिएपनि टोली भने जेनेभा प्रस्थान गरेको छ ।
राष्ट्रपति निर्वाचनमा नयाँ समीकरण बनाएका दाहालले एमालेलाई सन्देश दिन मन्त्रीको भ्रमण रोकेको विश्लेषण गरिएको छ । तर, परराष्ट विज्ञहरुले आन्तरिक राजनीतिक उपभोगका लागि अन्तर्राष्ट्रिय मञ्चको प्रतिनिधित्वमा वेवास्ता गरेर प्रधानमन्त्रीले अपरिपक्क व्यवहार देखाएको टिप्पणी गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गरी भ्रमण बारे जानकारी गराएकी राइ जेनेभा प्रथानको लागि विमानस्थल जाने तयारीमा रहेका बेला प्रधानमन्त्रीको निर्देशनमा उनको भ्रमण रोकिएको थियो । प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव मार्फत् परराष्ट्र मन्त्रीलाई भ्रमणमा नजान निर्देशन दिएका थिए । मन्त्री राईले प्रधानमन्त्रीले भ्रमण रोकेर अपमान गरेको प्रतिक्रिया दिएकी छन् ।
प्रकाशित मिति २०७९ फागुन १५ गते सोमबार ०८:०५




