पोखरा
मगर समुदायले आज देशभरका आफ्नो स्थापना दिवस मनाउँदै छन् । पोखरामा पनि मगर समुदायले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने भएका छन् । पोखरामा पनि मगर दिवसमा कार्यक्रम आयोजना गरिएको छ । मगर संघ कास्कीको आयोजनामा मगर संघको भवन पोखरा रंगशाला आगाडि कार्यक्रम आयोजना गरिएको छ ।
दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सघंसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर संघले जनाएको छ । मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोक संस्कृति प्रस्तुत गरिने छ । संस्कृतिको जगेर्ना गर्न र नयाँ पुस्तालाई मगरभाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहन सहनबारे जानकारी दिलाउन दिवस मनाइने संघले बताएको छ ।
दिवसको अवसरमा मगर समुदाय बाहुल्यता पालिकाहरुमा आज सार्वजनिक बिदा दिइएको छ । तनहुँका तीन पालिकाले सार्वजनिक बिदा दिएका छन् । तनहुँको म्याग्दे गाँउपालिका, देवघाट गाँउपालिका र घिरिङ गाँउपालिकाले सूचना जारी गर्दै संघको स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । बागलुङको निसीखोला गाउँपालिका, नवलपरासी बर्दघाट सुस्तापूर्वका आठ वटै पालिका, अर्घाखाँचीको शीतगंगा नगरपालिका लगायतले सार्वजनिक बिदा दिएका छन् ।
प्रकाशित मिति २०७९ फागुन १५ गते सोमबार १०:३२




