२०८३ असोज २४ गते शनिबार

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १५ गते सोमबार ०१:४६

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । साथै एमालेले सरकारबाट पनि फिर्ता हुने नर्णय गरेको छ ।

काठमाडौं

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । साथै एमालेले सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताए । उनले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकुल असर परेको दाबी गरे ।

उनले प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको आरोप लगाए ।

प्रकाशित मिति २०७९ फागुन १५ गते सोमबार ०१:४६
हजुरको प्रतिक्रिया