पोखरा
प्राध्यापक डाक्टर रविलाल अधिकारीको निधन भएको छ । क्यान्सरका बिरामी अधिकारीको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
अधिकारी चार दिनअघि मात्र काठमाडौंमा उपचारपछि पोखरा फर्किएका थिए ।
स्व. अधिकारी पृथ्वीनारायण क्याम्पसमा नेपाली विभागका प्रमुख भइ लामो समयसम्म प्राध्यापन गरेका थिए । गण्डकी साहित्य संगम, प्रगतिशील लेखक संघ लगायत विभिन्न साहित्यिक एवं सामाजिक संघसंस्थामा आबद्ध थिए ।
अधिकारीको निधनसंगै पोखराका साहित्यिक संघसंस्था लगायत पोखरेलीले दुःख व्यक्त गरेका छन् ।
प्रकाशित मिति २०७९ फागुन १६ गते मंगलबार ११:३८