२०८३ साउन २१ गते बिहीबार

गाउँलेसँग मुख्यमन्त्री खगराजको दुखेसाे: आउन नपाई अस्थिरता सुरू भयो

गाउँलेसँग मुख्यमन्त्री खगराजको दुखेसाे: आउन नपाई अस्थिरता सुरू भयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १७ गते बुधबार ०२:०२

‘भर्खरै आउन पाएको छैन अस्थिरता सुरू भइसक्यो । कसैलाई दोष दिने कुरा पनि भएन । सरकार बाहिर, भित्र जहाँ भए पनि कोसिस गर्छौं । आफ्नो गाउँ नबनाई हुँदैन,’ उनले भने ।

पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा आफ्नो पद जाने संकेत पाइसकेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले यो दुःख आफ्ना गाउँलेलाई सुनाएका छन् ।

आफ्नै जन्मथलो पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै बुधबार मुख्यमन्त्री अधिकारीले आफू सरकारको नेतृत्व गरेर आउनबित्तिकै जानुपर्ने अवस्था आएको सुनाए । ‘भर्खरै आउन पाएको छैन अस्थिरता सुरू भइसक्यो । कसैलाई दोष दिने कुरा पनि भएन । सरकार बाहिर, भित्र जहाँ भए पनि कोसिस गर्छौं । आफ्नो गाउँ नबनाई हुँदैन,’ उनले भने ।

सरकारी आवासबाहेक पोखरा–१३ ढिकालेथरमा मुख्यमन्त्री अधिकारीको घर छ । मुख्यमन्त्री अधिकारीले राजनीतिक जीवनबाट अलग भएपछि बुढ्यौलीमा बस्ने गरेरै गाउँ फर्कने बताए। ‘मेरो अन्तिममा बस्ने बास नै यहीँ हुनेछ । थोरै जग्गा छ,’ उनले थपे, ‘अहिले उमेर अल्लि परिपक्व भयो । अल्लि ढल्किन थालेपछि म यहीँ आउँछु ।’

प्रकाशित मिति २०७९ फागुन १७ गते बुधबार ०२:०२
हजुरको प्रतिक्रिया