२०८३ साउन २१ गते बिहीबार

नेपाललाई पाँचौँ विकेटकाे सफलता

नेपाललाई पाँचौँ विकेटकाे सफलता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १८ गते बिहीबार ०२:४२

दुबईमा जारी आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तरगत यूएईविरुद्ध नेपालले पाँचौं विकेट हात पारेको छ। नेपाललाई सन्दीपले चौथो र आरिफले पाँचौं विकेट दिलाएका हुन्। ३६ औं ओभरको तेस्रो बलमा सन्दीपले ७२ रन बनाएका आसिफ खानलाई क्याचआउट गराएका...

दुबईमा जारी आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तरगत यूएईविरुद्ध नेपालले पाँचौं विकेट हात पारेको छ। नेपाललाई सन्दीपले चौथो र आरिफले पाँचौं विकेट दिलाएका हुन्।

३६ औं ओभरको तेस्रो बलमा सन्दीपले ७२ रन बनाएका आसिफ खानलाई क्याचआउट गराएका हुन्। जारी खेलमा सन्दीको यो दोस्रो विकेट हो । यस्तै आरिफले ३७ औं ओभरमा विकेट दिलाएका हुन् । आरिफले २ रन बनाएका अलिसन सराफुलाई आउट गरेका हुन्।

यसअघि नेपालका लागि करण र कुसल मल्लले एक एक विकेट लिएका थिए। अहिले युएईले ५ विकेटको क्षतीमा १६४ रन बनाएको छ।

यूएईका लागि असिफ खानले सर्वाधिक ७२ रन जाेडेका छन् । अहिले राेहन मुस्ताफा र आर्यान लाक्रा क्रिजमा छन् ।

प्रकाशित मिति २०७९ फागुन १८ गते बिहीबार ०२:४२
हजुरको प्रतिक्रिया