विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालले चाैथाे विकेटकाे सफलता हात पारेकाे छ ।
टस हारेर फिल्डिङकाे निम्ताे पाएकाे नेपालका मिडियम पेसरहरू शुरूवाती दवावमा देखिएका थिए । स्पिनर सन्दीप लामिछानेले टाेलीका लागि पहिलाे विकेट निकालेपछि नेपाल लयमा फर्केकाे छ । लामिछानेले पीएनजीका ओपनर किप्लिन डोरीगालाई एलब्डब्लु धरापमा पारे। पीएनजीका ओपनर टोनी उरा र किपलिन डोरिगाले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे। सन्दीपले ११ औँ ओभरको तेस्रो बलमा किपलिनलाई एलबीडब्लु धरापमा पार्दै उनीहरुको साझेदारी तोडेका हुन्।
कुशल मल्लकाे १९ औँ ओभरको तेस्रो बलमा सेसे बाउ विकेटकिपर आसिफ शेखबाट रनआउट बन्दा नेपालले दाेस्राे सफलता हात पार्याे ।
पीएनजीका अर्का ओपनर टोनी उरा भने साेमपाल कामीकाे शिकार बने । २२ औँ ओभरको पाँचाै बलमा साेमपाललाई सिधा खेल्न खाेजेका उरा साेमपालबाटै समातिएर पवेलियन फर्के । नेपालका लागि चाैथाे सफलता कुशल मल्लले हात पारे । उनले ११ रन बनाएर खेलिरहेका असद भालालाई एलबिडब्लु धरापमा पारे ।
२८ औँ ओभर खेलिरहेकाे पिएनजीले ४ विकेटको क्षतिमा १०१ रन बनाएर खेलिरहेको छ। नेपाली टाेलीमा एक परिवर्तन गरिएकाे छ । बिहीबार यूएईसँगको खेल खेलेका गुल्सन झाको सट्टा आज भीम सार्की मैदान उत्रिएका छन् ।
प्रकाशित मिति २०७९ फागुन १९ गते शुक्रबार ०१:४९




