२०८३ असोज २३ गते शुक्रबार

मौसम बदलीसँगै गण्डकीमा हल्का हिमपातको सम्भावना

मौसम बदलीसँगै गण्डकीमा हल्का हिमपातको सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २० गते शनिबार ०७:३६

आज पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पोखरा

मौसम बदलीसँगै गण्डकी लगायतका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति २०७९ फागुन २० गते शनिबार ०७:३६
हजुरको प्रतिक्रिया