२०८३ असोज २४ गते शनिबार

मिडियाले राष्ट्रिय स्वाधिनतामाथि आक्रमण गर्यो: मुख्यमन्त्री अधिकारी

मिडियाले राष्ट्रिय स्वाधिनतामाथि आक्रमण गर्यो: मुख्यमन्त्री अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २० गते शनिबार ०१:०५

गण्डकी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयक अरु प्रदेशको तुलनामा राम्रो भएको मुख्यमन्त्री अधिकारीले दाबी गरे ।

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार माध्यमले गम्भीरतापूर्वक राष्ट्रिय स्वाधिनतामाथि आक्रमण गरेको आरोप लगाएका छन् । प्रेस क्लब गण्डकीको पोखरामा भएको अधिवेशनमा बोल्दै मुख्यमन्त्री अधिकारीले मिडियाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सबैभन्दा बढी आक्रमण गरेको जिकिर गरे ।

उनले भने, ‘अहिले त रविजिलाई पर्यो राष्ट्रिय स्वतन्त्र पार्टीको साथीले आक्रमण भन्नुभयो । आक्रमण भन्नुहुन्छ भने सबैभन्दा धेरै केपी ओलीलाई नै भाकोछ । त्यो अहिले पनि भइरहेको छ । उहाँ सत्तामा पनि हुनुहुन्न ।’ उनले नेपाल र नेपालको सार्वभौमसत्तामाथि आक्रमण भइरहेको बताए । ‘राष्ट्रिय स्वार्थलाई भन्दा अस्थिरतातर्फ उन्मुख गराउने काम भइरहेको छ । अस्थिरताले के गर्छ, देशलाई बलियो बनाउँछ ?’, उनले प्रश्न गरे ।

अस्थिरताले देशसँगै, व्यवस्था र राजनीतिक प्रणालीलाई पनि कमजोर बनाउने मुख्यमन्त्री अधिकारीको भनाई छ । ‘यो प्रणाली बलियो नहुँदा संञ्चार जगत ज्ञानेन्द्रकालिन तानाशाहीको सिकञ्जा बाघपञ्जाभित्र आक्रमणमा परेको हैन ? त्यसकारण हामी कतिपय कुरामा शैशवकालमै छौं । त्यसका परिपक्वताह? ज?री छ’, उनले भने ।

मुख्यमन्त्री अधिकारीले वैदेशिक लगानीमा खोलिएका सञ्चार माध्यम वैदेशिक स्वार्थमा लाग्ने उल्लेख गरे । उनले भने, ‘सञ्चार जगतको लगानी राष्ट्रिय लगानी भयो भने हाम्रो हातमाथि हुन्छ । नेपाली भाषामै लेखेको छ, सम्पादकको नाम नेपाली नै छ । लगानी कहाँबाट छ कहाँबाट भन्ने हो भने अनि त्यसको स्वार्थ त त्यहीं हुन्छ नि ।’

गण्डकी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयक अरु प्रदेशको तुलनामा राम्रो भएको मुख्यमन्त्री अधिकारीले दाबी गरे । विना दर्ता सञ्चलान भएका अनलाइन सञ्चारमाध्यमले व्यक्तिको व्यक्तिगत गोपनियताको ख्याल नगरी लेख्ने गरेको उनले आरोप लगाए । सञ्चार जगत अनुशासित हुनुपर्नेमा उनको जोड छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हरिबहादुर चुमानले सभ्य समाजको निर्माण भएमा पत्रकारितको महत्व बढ्दै जाने बताए । ‘सबै पत्रकारको मुख्य उदेश्य कसरी यो समाजलाई सभ्य बनाउने भन्ने हुनुपर्छ । सभ्य समाजमा मात्रै सबैखालको मूल्यमान्यता स्थापित हुन्छन्’, मन्त्री चुमानले भने । पत्रकारिता भुँइमान्छेको आवाज बन्नुपर्ने उनको तर्क छ ।

गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले पत्रकारले समाजको विकृती विसंगती चिर्नुपर्ने आवश्यता औंल्याए । गण्डकीका पूर्व सञ्चारमन्त्रीसमेत रहेका थापाले प्रदेश सभाले पास गरेको सूचनाको हकसम्बन्धि विधयेकले शुसासन कायम र सम्बृद्धी हासिल गर्न सघाउन पुर्याउने बताए ।

प्रकाशित मिति २०७९ फागुन २० गते शनिबार ०१:०५

हजुरको प्रतिक्रिया