२०८३ असोज २४ गते शनिबार

‘पूर्व भौतिक मन्त्री खड्का र अर्थमन्त्री बरालले गण्डकीलाई थला पारेर छोडे’

‘पूर्व भौतिक मन्त्री खड्का र अर्थमन्त्री बरालले गण्डकीलाई थला पारेर छोडे’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २३ गते मंगलबार ०६:०७

प्रदेशलाई अघिल्लो सरकारले खोक्रो पारेर छोड्दा अहिले आफूलाई धेरै पीडा भएको अधिकारीकाे भनाइ

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अघिल्लो कांग्रेस नेतृत्वको सरकारले प्रदेशलाई उठ्नै नसक्ने गरी थला पारेको थला पारेको बताएका छन् ।

अघिल्लो सरकारले आर्थिक अनुशासन कायम नगरी मनपरी योजना र बजेट हाल्दा अहिलेको सरकारलाई ठूलो भार पारेको मुख्यमन्त्री अधिकारीको भनाइ छ ।

यसअघिका अर्थमन्त्री रामजी बराल र भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले मनपरी योजना हाल्दा अहिलेको सरकारलाई ठूलो दायित्व थपिएको मुख्यमन्त्री अधिकारीको आरोप छ ।

जाँदाजाँदै २ सयभन्दा धेरै योजना स्रोत सुनिश्चि नगरी बहुवर्षीय आयोजनाका रुपमा ठेक्का लगाएर गएको मुख्यमन्त्रीले बताए ।

पब्लिक टेलिभिजनको कार्यक्रम ‘पब्लिक प्रश्न’मा कुराकानी गर्दै अधिकारीले ३\४ अर्बका योजना रकमान्तर गरेर अघिल्ला अर्थमन्त्री र भौतिक मन्त्रीले ल्याएको आरोप लगाए ।

मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशलाई अघिल्लो सरकारले खोक्रो पारेर छोड्दा अहिले आफूलाई धेरै पीडा भएको बताए ।

अब हामी हुँदैनौं आउने सरकारले जे सुकै गरोस् भनेर जाँदाजाँदै अर्बौंको बहुवर्षीय योजनालाई ठेक्का लगाइएको अधिकारीको आरोप छ ।

यसअघिका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले रकमान्तर गरेर एउटै वडामा अर्बौंको वहुवर्षीय ठेक्का लगाएको उनले बताएका छन् ।

अधिकारीले अघिल्लो सरकारले योजना सम्झौता गरेका ठेकदारहरु पैसा माग्न आउन थालेको पनि सुनाए ।

प्रकाशित मिति २०७९ फागुन २३ गते मंगलबार ०६:०७
हजुरको प्रतिक्रिया