२०८३ साउन २१ गते बिहीबार

पीएनजीलाई ५२ रनले हराउँदै नेपालको सानदार जित

पीएनजीलाई ५२ रनले हराउँदै नेपालको सानदार जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २५ गते बिहीबार ०४:४२

जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो ।

काठमाडौं

आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो ।

जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् ।

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।

प्रकाशित मिति २०७९ फागुन २५ गते बिहीबार ०४:४२
हजुरको प्रतिक्रिया