२०८३ साउन २१ गते बिहीबार

मगर कथानक चलचित्र ‘उखान’ पोखरामा चैत २५ गते प्रदर्शन हुने

मगर कथानक चलचित्र ‘उखान’ पोखरामा चैत २५ गते प्रदर्शन हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २६ गते शुक्रबार ०४:३८

‘पछिल्लो समय मगर समुदायमा भाषा र संस्कृति लोप हुँदै गएको छ, त्यसैको जगेर्ना स्वरुप चलचित्र निर्माण गरेका छौं,’ निर्माता आलेले भने, ‘काठमाडौंमा चैत १८ र पोखरामा चैत २५ गते प्रदर्शन गर्ने तयारी गरेका छौं ।’

पोखरा
नेपाली र मगर भाषामा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ पोखरामा चैत २५ गते प्रदर्शन हुने भएको छ ।

मगर कथानक चलचित्र ‘उखान’ निर्माता समूहले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाली र मगर भाषामा निर्माण भएको फिल्मी पोखरामा चैत २५ गतेको मिति तय भएको जानकारी दिएको हो ।

मगर कथानक चलचित्र ‘उखान’का निर्माता मेकबहादुर आलेले हराउँदै गएको मगर समुदायको भाषा र संस्कृतिलाई समेटेर ‘उखान’ मगर चलचित्र निर्माण गरेको बताए ।

‘पछिल्लो समय मगर समुदायमा भाषा र संस्कृति लोप हुँदै गएको छ, त्यसैको जगेर्ना स्वरुप चलचित्र निर्माण गरेका छौं,’ निर्माता आलेले भने, ‘काठमाडौंमा चैत १८ र पोखरामा चैत २५ गते प्रदर्शन गर्ने तयारी गरेका छौं ।’

उनले चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक सेवामा खर्च गर्नेसमेत जानकारी गराए । ‘देशको विभिन्न जिल्लाहरुमा चलचित्र प्रदर्शन गर्ने तयारीअनुसार पोखरामा आएका छौं । चलचित्र प्रदर्शनबाट आएको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

निर्माता आलेका अनुसारमा पोखरामा चैत २५ गते पोखरा १० भ्रमणकोट पार्टी प्यालेसमा मगर कथानक चलचित्र ‘उखान’ प्रदर्शन हुँदै छ ।

पत्रकार सम्मेलनमा चलचित्र ‘उखान’का निर्देशक प्रकाशकुमार दर्लामीले मगर समुदायमा हराउँदै गएको भाषा र संस्कृतिबाट नै चलचित्रको सुरुआत भएको बताए ।

‘मगर कथानक चलचित्र ‘उखान’, चलचित्र मगर भाषामा मात्र छैन, नेपाली र मगर भाषा दुवै चलचित्र तयार भएको छ,’ दर्लामीले भने, ‘चलचित्र हलमा प्रदर्शन हुने भएपनि हामीले बजारमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत चलचित्र प्रदर्शन गर्दैछौं ।’

एक्सन फिल्मसको ब्याजरमा निर्माण भएको ‘उखान’ चलचित्र प्रकाशकुमार दर्लामीको लेखन निर्देशन, कार्यकारी निर्माता मेकबहादर आले, सहनिर्देशक न्यूसन दर्लामी मगर, टेक बहादुर अस्तानी र देव कुमार दर्लामीको निर्माता, निर्मला थापा मगर र सुनिता आले मगर सह–निर्मातामा चलचित्र तयार भएको छ ।

चलचित्रमा कलाकार खड्ग बहादुर पुन (खबपु), प्रकाश कुमार दर्लामी, रिमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोति मगर, हेमा पुन मगर, बलविक्रम थापा, सावित्री रानामगर, मेक आले, शंकर सुनुवार, दीपक योगी, लक्ष्मी श्रेष्ठ र बाल कलाकारमा नम्रता पुनमगरको मुख्य अभिनय छ ।

 

प्रकाशित मिति २०७९ फागुन २६ गते शुक्रबार ०४:३८
हजुरको प्रतिक्रिया