२०८३ कात्तिक १० गते सोमबार

बुधबार पाेखराका ८६ सहित गण्डकी प्रदेशमा थपिए १२१ संक्रमित

बुधबार पाेखराका ८६ सहित गण्डकी प्रदेशमा थपिए १२१ संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १२ गते बुधबार ०२:४०

पाेखरा । पाेखरा महानगरपालिकाका थप ८६ जनासहित गण्डकी प्रदेशमा बुधबार १ सय २१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । सवै जनाकाे कन्ट्याक ट्रेसिङबाट संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे...

गण्डकी प्रदेशमा ६९११ कुल संक्रमित

पाेखरा । पाेखरा महानगरपालिकाका थप ८६ जनासहित गण्डकी प्रदेशमा बुधबार १ सय २१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । सवै जनाकाे कन्ट्याक ट्रेसिङबाट संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

बुधबार संक्रमण पुष्टि हुनेहरूमा यसअघि सक्रिय संक्रमित नरहेकाे जिल्ला मुस्ताङका समेत १ जना रहेका छन । याे संगै गण्डकी प्रदेशका सवै जिल्लामा सक्रिय संक्रमित रहेका छन । बुधबार स्याङजाका १२ जना, गाेरखाका ३ जना, मुस्ताङका १ जना, कास्कीका ८६ जना, तनहुँका ३ जना, नवलपरासीका १६ जना रहेकाे निर्देशनालयले जनाएकाे छ ।

याे संगै गण्डकी प्रदेशमा कुल ६ हजार ९ सय ११ जनामा  संक्रमण पुष्टि भएकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक १२ गते बुधबार ०२:४०
हजुरको प्रतिक्रिया