२०८३ कात्तिक ११ गते मंगलबार

प्रतिभा माविमा उत्प्रेरणामूलक परामर्श कार्यक्रम

प्रतिभा माविमा उत्प्रेरणामूलक परामर्श कार्यक्रम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २७ गते शनिबार ०७:२६

विद्यालयमा एकदशक भन्दा बढी समयदेखि अध्यापन गराईरहेका शिक्षक र कार्यरत कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

पोखरा

पोखरा प्रतिभा माविले विद्यालयमा अध्ययरत विद्यार्थीका अभिभावकका लागि उत्पे्ररणामूलक परामर्श कार्यक्रम गरेको छ । विभिन्न शैक्षिक गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान पनि गरेको छ ।

कक्षा नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीका अभिभावकका लागि आयोजित उक्त कार्यक्रममा उत्प्रेरक वक्ता रवीन कटुवालले परामर्श दिएका थिए । त्यस्तै गायिका रचना रिमालले गीत गाएर कार्यक्रममा मनोरञ्जन थपेकि थिइन् ।विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीका अभिभावकमा उत्प्रेरणा जगाउनका लागि कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थीको सफलताका पछाडि अभिभावकको पनि भूमिका रहेको भन्दै सापकोटाले छोराछोरीलाई सही बाटो हिडाउन अभिभाकवको भूमिका हुने भएकोले पनि अभिभावकका लागि कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमको जिल्ला शिक्षा समन्वय समिति कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले उद्घाटन गरेका थिए ।

प्राचार्य सापकोटाले प्रतिभा माविलाई आगामि दिनमा अझै अब्बल बनाउन लागि पर्ने बताए । पोखरालाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रयास स्वरुप भविष्यमा अझ विकाउ हुने खालको शिक्षा दिलाउने वचन पनि सापकोटाले दिलाए ।
संस्कार सहितको शिक्षा र हरेक काम गर्न सक्ने आत्मविश्वास बढाउने गरि अध्यापन गराइरहेको सापकोटाले बताए । सापकोटाले आगामि शैक्षिक सत्रदेखि विद्यालयका बालबालिकाको क्षमता उजागर गर्ने कार्यक्रम ल्याउने पनि बताए । त्यसबाहेक विद्यालयलाई अझ शसक्त बनाउँदै लैजाने लक्ष्य अनुरुप आगामि वर्ष भौतिक संरचना सहितका पूर्वाधारमा जोड दिने बताए । उक्त कार्यक्रममा उत्प्रेरक परामर्शदाता रवीन कटुवालले अभिभावकमा हुने गुण र दोषकै आधारमा छोराछोरीमा सिकाई हुने बताए ।

कतिपय मुलुकमा छोराछोरीले मात्र नपढी उनीहरुका अभिभावकका लागि पनि शिक्षा दिइने प्रचलन सुरुवात भएको उनले बताए । कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले छोराछोरीको चाहना र क्षमता नबुुझ्दा कहिलेकाँही गलत सिकाई हुने जोखिम रहेको बताए । छोराछोरीले के चाहेका छन् वा के गर्न खोजेका हुन् भन्नेबारे हेक्का राख्नुपर्ने उनको भनाइ छ ।

विद्यालयका संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यार्थी र अभिभावकको क्षमता बढाउनका लागि विद्यालय सधैं सचेत रहेको बताए । कार्यक्रममा प्रतिभा माविबाट व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयमा गत वर्ष १२ कक्षा उत्तिर्ण गरेर स्नातक तहमा विभिन्न विषय अध्ययनको क्रममा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पनि त्यही कार्यक्रममा सम्मान गरिएको थियो । विद्यालयमा एकदशक भन्दा बढी समयदेखि अध्यापन गराईरहेका शिक्षक र कार्यरत कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति २०७९ फागुन २७ गते शनिबार ०७:२६

हजुरको प्रतिक्रिया