काठमाडौं
नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । एमाले उपाध्यक्ष शाक्यले आज संसद भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
उम्मेदवारीका लागि उपाध्यक्ष शाक्यसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि पुगेका थिए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई
सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताइन् । उनले भनिन् , ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ ।लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ ।’
उम्मेदवार शाक्यले नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने बताइन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।
प्रकाशित मिति २०७९ फागुन २७ गते शनिबार ०१:२०