२०८३ साउन २१ गते बिहीबार

लिग-२: महत्त्वपूर्ण खेलमा नेपालको खराब सुरुवात

लिग-२: महत्त्वपूर्ण खेलमा नेपालको खराब सुरुवात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २८ गते आइतबार १०:२३

युएइका बलर आर्यन लाक्रा र आयान अफजल खानले एक एक विकेट लिए ।

काठमाडौं

आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । नेपालले तेस्रो विकेट गुमाएको छ ।

खेलको आठौँ ओभरमा कुशल मल्ल ९ रन बनाएर आउट भएका छन् । उनलाई युएइका बलर जुनैद सिद्धिकीले आउट गरेका हुन् ।

यसअघि खेलको दोस्रो ओभरमा नै नेपालका ओपनर आसिफ सेख शून्यमा आउट भएका थिए भने पाँचौँ ओभरमा कुशल भुर्तेल ८ रन बनाएर आउट भएका छन् । युएइका बलर आर्यन लाक्रा र आयान अफजल खानले एक एक विकेट लिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ८.२ ओभरमा ३ विकेट गुमाउँदै ३० रन बनाएको छ ।

प्रकाशित मिति २०७९ फागुन २८ गते आइतबार १०:२३
हजुरको प्रतिक्रिया