२०८३ साउन २१ गते बिहीबार

दाजुबहिनीको कथामा गौरव र प्रियाना (भिडियो सहित)

दाजुबहिनीको कथामा गौरव र प्रियाना (भिडियो सहित)

सन्तोष परियार

@Public 4K Tv

२०७७ कात्तिक १२ गते बुधबार ०३:३२

काठमाडौं । गौरव पहाडी र प्रियाना आचार्य अभिनित दशैँ तिहार गीत सार्वजनिक भएको छ। राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त संगीतमा तयार भएको गीतलाई विनोद र वर्षाना ट्रायम्फ व्याण्डको दशैँ तिहार गीतमा गौरव र प्रियाना...

काठमाडौं । गौरव पहाडी र प्रियाना आचार्य अभिनित दशैँ तिहार गीत सार्वजनिक भएको छ। राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त संगीतमा तयार भएको गीतलाई विनोद र वर्षाना ट्रायम्फ व्याण्डको दशैँ तिहार गीतमा गौरव र प्रियाना दाजुबहिनीका रुपमा प्रस्तुत भएका हुन् ।

विदेशमा रहेका दाजु र स्वदेशमा रहेका बहिनी र घरपरिवारको प्रेमलाई आकर्षक ढंगले गीतमा प्रस्तुत गरिएको छ । निर्देशक दीपक आचार्य काकुको निर्देशनमा बनेको गीतको भिडियोमा दशैँ र तिहारको परिवेशलाई कलात्मक शैलीमा देखाइएको छ । गीतमा गौरव र प्रियानाको साथमा कमलमणी नेपाल ‘खुपीका बा’को पनि अभिनय रहेको छ ।

सुरेन्द्र बसेलको कोरियाग्राफी रहेको गीतलाई पवन सुस्लिङले  भिडियोलाई खिचेका हुन् । चन्दन दत्तको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियो कोहो प्रोडक्सन नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् …..

प्रकाशित मिति २०७७ कात्तिक १२ गते बुधबार ०३:३२
हजुरको प्रतिक्रिया