२०८३ साउन २१ गते बिहीबार

एक्सपर्टले विद्यार्थीलाई शैक्षिक परामर्श दिने

एक्सपर्टले विद्यार्थीलाई शैक्षिक परामर्श दिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २९ गते सोमबार ०७:३०

एक्सपर्टले विगतका वर्षहरुमा झै यस वर्ष पनि नेपालका सहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, नारायणगढ, हेटौंडा, विराटनगर, विर्तामोड र काठमाडौंमा एक्सपर्ट एडिम्सन डे कार्यक्रम गर्ने

पोखरा

विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श दिने  भएको छ । मार्च १६ अर्थात् चैत २ गते पोखराको एक्सपर्ट एडुकेशन एन्ड भिजा सर्भिसेजले ‘एक्सपर्ट एडिम्सन डे २०२३’ को आयोजना गर्ने भएको हो ।

उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थी र अस्ट्रलिया, न्युजिल्यान्ड, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासँग प्रत्यक्ष रुपमा संवाद गर्ने एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताए । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको भनाइ उनको छ ।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखराको सिदार्थचोक स्थित एक्सपर्ट एडुकेशन एन्ड भिसा सर्भिसेजको कार्यालयमा हुने एक्सपर्ट एडिम्सन डेमा सहभागीलाई फुड भौचर, मुभि भौचरको सुविधा उपलब्ध रहेको एक्सपर्ट पोखराका अपरेसन म्यानेजर रमेश बास्तोलाले जानकारी गराए ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्सपर्टबाट दिइने आयल्स, पिटिई क्लासमा समेत छुट दिइने उनले बताए । उनले एक्सपर्टले विगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएकाले पनि विदेश अध्ययनका लागि एक्सपर्ट रोजाइमा पर्ने गरेको उल्लेख गरे । यस्तै विश्वका १९ देशका ५० भन्दा बढी सहरहरुमा समेत एक्सपर्टले सेवा प्रवाह गरिरहेको छ ।

एक्सपर्टले विगतका वर्षहरुमा झै यस वर्ष पनि नेपालका सहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, नारायणगढ, हेटौंडा, विराटनगर, विर्तामोड र काठमाडौंमा एक्सपर्ट एडिम्सन डे कार्यक्रमको आयोजना गरिने एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णुप्रसाद गौतमले जानकारी गराए ।

प्रकाशित मिति २०७९ फागुन २९ गते सोमबार ०७:३०
हजुरको प्रतिक्रिया