प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७० पुग्याे
पाेखरा । गण्डकी प्रदेशमा बुधबार काेराेना भाइरसकाे संक्रमणका कारण थप २ जनाकाे ज्यान गएकाे छ ।
गोरखा जिल्ला, बारपाक सुलिकोट-१ का १९ बर्षीय कोरोना संक्रमित महिलाको ११ गते, मंगलबार दिउसो ३:४५ बजे भरतपुर अस्पताल, चितवनको आई.सि.यु. मा उपचारकै क्रममा निधन भएको छ |
त्यसैगरी नवलपरासी (ब.सु.पू) जिल्ला, गैंडाकोट – २ का ५४ बर्षीय कोरोना संक्रमित पुरुषको पनि ११ गते, साझँ ५:२६ चितवन मेडिकल कलेज, चितवनको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको हाे ।
यससंगै प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७० पुगेको छ ।
यस्तै, प्रदेशमा बुधबाार थप १५५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । जसअन्तर्गत सबैभन्दा धेरै कास्कीकाे पाेखरा महानगरपालिकाका ९८ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । यसैगरि स्याङजाका १३ जना, गाेरखाका ११ जना, नवलपरासीका १६ जना, तनहुँका १४ जना, बाग्लुङका २ जना र मुस्ताङका १ जना रहेका छन ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६९४५ पुगेको छ ।
प्रकाशित मिति २०७७ कात्तिक १२ गते बुधबार ०७:४१




