२०८३ साउन २१ गते बिहीबार

पीएनमा स्ववियू निर्वाचन अनिश्चित, कसले लिक गर्‍यो विद्यार्थीका डाटा ?

पीएनमा स्ववियू निर्वाचन अनिश्चित, कसले लिक गर्‍यो विद्यार्थीका डाटा ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ३० गते मंगलबार १०:१५

विद्यार्थीको डाटा कसले बाहिर ल्यायो भन्नेबारे खुल्न सकेको छैन । क्याम्पसको निर्वाचन समितिले आफूहरुलाई ‘थ्रेट’ आएको भन्दै राजीनामा दिइसकेको छ ।

पोखरा
स्ववियु निर्वाचनको तयारी चलिरहँदा पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको व्यक्तिगत कागजात बाहिर ल्याएको भन्दै विषय अदालतसम्म पुगेको छ । डाटा ‘लिक’ भएको भन्दै उथुलपुथल भएको पीएनको निर्वाचन अनिश्चित बनेको छ ।

गत फागुन २५ पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको विस्तृत जानकारीसहितको डाटा बाहिर आएको भन्दै निर्वाचन समितिमा तालाबन्दी भएको थियो । विषय अदालतसम्म पुगेपछि उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पसमा २ चैतसम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन आदेश दिइसकेको छ ।

विद्यार्थीको डाटा कसले बाहिर ल्यायो भन्नेबारे खुल्न सकेको छैन । क्याम्पसको निर्वाचन समितिले आफूहरुलाई ‘थ्रेट’ आएको भन्दै राजीनामा दिइसकेको छ ।

फागुन २५ गते समितिका सदस्य सचिव बोधराज ढकाललाई अखिल क्रान्तिकारी (विप्लव) पीएनका अध्यक्ष सचिन पौडेलले फोन गरी डाटा बाहिर आएको बताएका थिए । त्यसपछि निर्वाचन समितिले नै निर्वाचन गराउन नसक्ने बताएको थियो ।

आखिर कसले ल्यायो त डाटा बाहिर ? यस विषयमा विद्यार्थी संगठन एकले अर्कालाई देखाउँदै पन्छिन खोज्छन् । निर्वाचन समितिलाई डाटा बाहिर आएको जानकारी दिने उनै सचिनलाई पब्लिक टिभीले पनि प्रश्न गरेको थियो । तर, उनले आफूलाई अखिल क्रान्तिकारी (माओवादी) पीएनका अध्यक्ष काशिराम पौडेलले डाटा उपलब्ध गराएको जानकारी दिए ।

पौडेलले भने आफूलाई ‘एकजना बहिनी’ले दिएको भन्दै प्रश्नबाट पन्छिए । तर, ‘बहिनी’को परिचय खुलाएनन् । विद्यार्थीको व्यक्तिगत विवरण बाहिर आउँदा स्ववियु निर्वाचन नै प्रभावित बन्न पुगेको छ । अनिश्चित बनेको पीएन क्याम्पसको निर्वाचनले नयाँ मोड लिएको छ । विद्यार्थीको विस्तृत जानकारी सहित गोप्य राखिनुपर्ने आन्तरिक डाटा नै बाहिर आएपछि डाटा सुरक्षाबारे भने गम्भीर प्रश्न उठेको छ ।

पब्लिक ‘द भ्यू’मा विस्तृत हेनुहोस् !

 

प्रकाशित मिति २०७९ फागुन ३० गते मंगलबार १०:१५
हजुरको प्रतिक्रिया