२०८३ साउन २१ गते बिहीबार

रुपाताल छेउमा सिस्टेनी मेला चैत १५ गते

रुपाताल छेउमा सिस्टेनी मेला चैत १५ गते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ३० गते मंगलबार ०३:४०

‘रुपाताल छेउमा पहिले चैते दसैंको अवसरमा दुई दिने ठूलो मेला लाग्थ्यो । जसलाई सिस्टेनी मेला भनिन्थ्यो । हजारौंको सहभागिता हुने उक्त मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुन्थे,’ अध्यक्ष गुरुङ भने, ‘जहाँ स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो कोदालो, फाली, चोयाबाट बन्ने नाङ्लो, डोको लगायतका सामाग्री किन्ने गतिलो अवसर यही मेला थियो ।’

पोखरा
रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखि लाग्दै आएको पुरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ ।

मेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्ति रुपमा तमु समाजका निवर्तमान अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्व कालदेखि लाग्दै आएको मेलालाई ब्युँताउन मेला सुरु गर्न लागिएको बताए ।

‘रुपाताल छेउमा पहिले चैते दसैंको अवसरमा दुई दिने ठूलो मेला लाग्थ्यो । जसलाई सिस्टेनी मेला भनिन्थ्यो । हजारौंको सहभागिता हुने उक्त मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुन्थे,’ अध्यक्ष गुरुङ भने, ‘जहाँ स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो कोदालो, फाली, चोयाबाट बन्ने नाङ्लो, डोको लगायतका सामाग्री किन्ने गतिलो अवसर यही मेला थियो ।’

मेलाकै अवसरमा साविक वडास्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता,भाले प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताहुने शान्ति बराहथोक तमु युवा परिवारका सल्लाहकार चन्द्र गुरुङले जानकारी दिए । प्रतियोगितामा कास्की, लमजुङ, पर्वत, तनहुँ, स्याङजालगायतका जिल्लाबाट २० टिम सहभागी हुने अनुमान रहेको उनले जनाए ।

भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ६० हजार रुपैयाँ, उपविजेताले पुरस्कार ३० हजार रुपैयाँ, तृतीय पुरस्कार १५ हजार, अनुसासति टिमलाई ५ हजार रुपैंयाँ पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् ।
यसैगरी उत्कृष्ट खेलाडी, बेस्ट सटर, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेस्ट डफेन्डर र बेस्ट सिर्विस गर्नेलाई ट्रफि र जर्सी पुरस्कार दिइने परिवारका अध्यक्ष फसेल बहादुर गुरुङले बताए ।

भलिबल टिम दर्ता मिति १०७९ चैत १४ देखि १५ गते दुई बजे सम्म गरि सक्नुपर्नेछ । साथै टिम दर्ता शुल्क पाँच हजार रुपैंया लाग्नेछ । छेलो प्रतियोगितामा प्रथम पुरस्कार पाँच हजार रहेको छ भने दर्ता शुल्क २ सय ५० रुपैंयाँ लाग्नेछ ।

भाले प्रतियोगितामा प्रथम पुरस्कार भाले रहेको छ भने दर्ता शुल्क एक सय राखिएको छ । यस्तै रस्साकस्सी प्रतियोगितामा प्रथमले पाँच हजार रुपैंयाँ र प्रमाणपत्र पुरस्कार पाउँनेछ । जसका लागि दर्ता शुल्क २ सय ५० रुपैंयाँ लाग्नेछ भने टिममा ५ जना महिलासहित १२ जना हुनुपर्नेछ ।

मेला सम्पन्न गर्नको लागि ३ लाख ९९ हजार रुपैंयाँ खर्च हुने र २ लाख २५ हजार रुपैंयाँ बचत हुने अनुमान गरिएको अर्थ संकल समितिका सहसंयोजक सुवेदार तुलबहादुर गुरुङले बताए । मेलामा सहभागीहुने दर्शकहरुका लागि स्थानीय कलाकारहरुबाट विभिन्न मनोरञ्जनमुलक कार्यक्रम गरिने मेला आयोजक मूल समितिको संयोजक क्याप्टेन बुद्धिबहादुर गुरुङले बताए ।

प्रकाशित मिति २०७९ फागुन ३० गते मंगलबार ०३:४०
हजुरको प्रतिक्रिया