२०८३ साउन २१ गते बिहीबार

अन्नपूर्ण पदमार्गमा बल्ल पर्यटकको ओइरो

अन्नपूर्ण पदमार्गमा बल्ल पर्यटकको ओइरो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ३० गते मंगलबार ०४:०५

सन् २०२३ पहिलो महिना जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश अनुमति लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

मनाङ

हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । विगतका वर्षमा हिउँदमा हिउँ खेल्न आउने पर्यटक प्रशस्त हुने गरे पनि यसवर्ष हिमपात भएन । हिमपात नहुँदा हिउँ छुन र खेल्न आउने पर्यटकको संख्यामा कमी आएको थियो । तर, वसन्त ऋतु सुरु भएसँगै हिमपात हुुँदा अहिले पर्यटकको आवागमन बढेको छ ।

पर्यटकको आवागमनले अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । बेमौसममा सुनसान रहने मनाङ अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् । हिमपात भएको अवस्थामा पदयात्रा गर्दा जोखिम मोल्नुपर्ने भए पनि यसवर्ष त्यस्तो जोखिम छैन ।

अहिले जोखिम नहुँदा पर्यटकलाई पदयात्रा गर्न सहज भएको छ । पदमार्गअन्तर्गत लमजुङको बेसीशहरदेखि पर्यटक पैदलयात्रा गर्ने पर्यटकको संख्यामा बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङले जनाएको छ ।

सिजन सुरु भएसँगै मनाङमा पर्यटकको चहलपहल बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार दैनिक रुपमा ५० भन्दा बढी पर्यटक मनाङ भित्रिन थालेका छन् ।

सन् २०२३ को सुरुआतमै ४२ देशका पर्यटक मनाङ भित्रिएका छन् । सन् २०२३ पहिलो महिना जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश अनुमति लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार जनवरीमा सबैभन्दा बढी दक्षिण कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएका थिए ।

नयाँ वर्षको योजनाअनुरुप दक्षिण कोरियाका पर्यटक मनाङ भ्रमणमा आएको उनले भने । कोरियन नागरिक यहाँभन्दा बढी चिसोमा बसिरहेका हुन्छन्, जसले गर्दा हिउँदमा कोरियाका पर्यटक बढी आउने गरेको उनको भनाइ छ ।

हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताललगायतका विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएको उनले बताए ।

हिमपात भएपछि हिउँ पहिरो आउन सक्ने भएकाले पूर्णरुपमा यात्रा रोकिने उनले जानकारी दिए । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोरांलापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनांगे चौतारामा छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकन सहित यात्राको सुरुवात गर्दछन् ।

प्रकाशित मिति २०७९ फागुन ३० गते मंगलबार ०४:०५

हजुरको प्रतिक्रिया