२०८३ असोज २३ गते शुक्रबार

समाचार

धुलोले आजित डण्डावासीको आक्रोस्ः नारायणगढ–बुटवल सडकले रोगी बनायो

धुलोले आजित डण्डावासीको आक्रोस्ः नारायणगढ–बुटवल सडकले रोगी बनायो

राजु सुवेदी

@Public 4K Tv

२०७९ फागुन ३० गते मंगलबार ०७:५९

चाइना स्टेट कर्पोरेसनले चरम लापारवाही गरेको भन्दै डन्डावासी सडकमा

कावासोती
नारायणगढ–बुटवल सडक बिस्तारको क्रममा ठेकेदार चाइना स्टेट कर्पोरेसनले चरम लापारवाही गरेको भन्दै नवलपुर डन्डावासीले यातायात रोकेर बिरोध जनाएका छन् ।

धुलो र धुँवाले बस्नै नसक्ने भएपछि बाध्य भएर सडक बन्द गर्न परेको सहभागी स्थानीयले बताए । सडकको धुलो धुँवाले स्वास्थ्य नै खतरामा परेको र रोगी बनाउन लागेको स्थानीयको आक्रोस छ ।

स्थानीयले चाइना स्टेट कम्पनिको विरुद्धका नारा लगाएका थिए । निर्माण कार्यलाई तीव्र बनाएर धुलो धुँवा कम निस्कने विधि नअपनाए अझै आन्दोलन चर्काउने स्थानीयको चेतावनी छ ।

सम्झौतामा साविकको पिच नभत्काइकन नयाँ लेन निर्माण गर्ने, नियमित पानी हाल्ने लगायतका कुरा समेटिए पनि चाइना स्टेट कम्पनीले पानीसमेत हालेको छैन भने सडकका भत्केका ठूला खाल्डा पनि पुरेको छैन ।

सडकसँगै घर जोडिएका हेमराज दाहालले भने, ‘सडक निर्माण समयमै सकिनुपर्नेमा न निर्माण कम्पनीले गति बढाउँछ, न सरकारले हेर्छ । उल्टो म्याद थपिएको छ । तर, स्थानीयको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । हाम्रो फोक्सो खराब भइसक्यो ।’

राजमार्ग ठेक्का लिएको ३ वर्षको अवधिमा सडक निर्माणको काम सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।

यो सडक खण्डमा २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गत साउन २२ गते ३ वर्षे अवधि सकिए पछि एक वर्ष थपिएको हो ।

 

प्रकाशित मिति २०७९ फागुन ३० गते मंगलबार ०७:५९
हजुरको प्रतिक्रिया