२०८३ साउन २१ गते बिहीबार

नेपाली खेलाडीलाई हौसला दिन प्रधानमन्त्री दाहाल पुगे क्रिकेट मैदान

नेपाली खेलाडीलाई हौसला दिन प्रधानमन्त्री दाहाल पुगे क्रिकेट मैदान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २ गते बिहीबार १०:०५

उनले लेखेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्व कपमा प्रवेश गराउने सफलताका लागि नेपाली क्रिकेट टिमलाई शुभकामना १ राष्ट्र तपाईँहरूको साथमा छ, म तपाईँहरूको साथमा छु ।’

एमाले अध्यक्ष ओलीले पनि दिए शुभकामना

काठमाण्डाै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर मैदान पुगेका छन् । खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका हुन् । उनले खेलाडीहरूसँग हात मिलाउँदै जितका लागि शुभकामना दिएका छन् ।

यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्व कपमा प्रवेश गराउने सफलताका लागि नेपाली क्रिकेट टिमलाई शुभकामना १ राष्ट्र तपाईँहरूको साथमा छ, म तपाईँहरूको साथमा छु ।’

नेपालले अहिले आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँग खेल्दैछ । टस हारेको नेपालले बलिङ गर्दैछ । लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुनरजुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ ।

यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भिड लागेको छ । सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ ।

प्रकाशित मिति २०७९ चैत २ गते बिहीबार १०:०५
हजुरको प्रतिक्रिया