पाेखरा
पोखरा महानगरपालिका १३ ले विभिन्न क्षेत्रका ७१ जना युवायुवतीलाई होटल तालिम दिएको छ । एक महिनासम्म चलेको तालिममा वडाको आर्थिक सहयोग एभरेस्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिको प्राविधिक सहयोग तालिम दिइएको हो ।
तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई निःशुल्क तालिम प्रदान गरिएको अध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार तालिममा ४१ पुरुष र ३० महिला सहभागी भएका थिए । तालिममा युवायुवतीले बारिस्ता तालिम लिए ।
सहभागीलाई महेन्द्रपुलस्थित एभरेस्ट इन्स्टिच्युटले तालिम दिएको थियो । ‘तालिमले स्थानीय युवायुवतीलाई सीप सिकेर आत्मनिर्भर बनाइ थप जीवनयापन गर्न सहज विश्वास गरेका छौ,’ उनले भने,’ सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने अभियानका साथ तालिम आयोजना गरिएको थियो ।’
आगामी दिनमा थप यस्ता आत्मनिर्भर मुखी कार्यक्रम ल्याई स्थानीयलाई जिविकोपार्जनका लागि थप सहज बनाइने वडाध्यक्ष बरालले जानकारी दिए ।
तालिममा सहभागी सबैलाई महानगरका शिक्षा प्रमुख हेमप्रसाद आचार्यले प्रमाणपत्र वितरण गरेका थिए ।
उनले वडाले यस्ता प्रोत्साहनमूलक कार्यहरू गर्नलाई सुझाए । ‘युवाहरूमा गरेको लगानी खेर जाँदैन । लगानीलाई थप फलदायी बनाउन सबैजनाको सक्रियताको आवश्यक रहेको छ’, उनले भने ।
प्रकाशित मिति २०७९ चैत २ गते बिहीबार १२:२१




