२०८३ साउन २१ गते बिहीबार

लिग टू: यूएईविरुद्ध भीम सार्कीले बनाए अर्धशतक

लिग टू: यूएईविरुद्ध भीम सार्कीले बनाए अर्धशतक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २ गते बिहीबार ०३:५४

विष्फोटक ब्याटिङ गरिरहेका कुशल आउट भएपछि नेपाल दबाबमा पर्‍यो, तर भीमले धैर्यता गुमाएका छैनन् ।

काठमाडौँ

मध्यक्रमका युवा ब्याट्सम्यान भीम सार्कीले कठिन समयमा यूएईविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् । आफ्नो नवौं एकदिवसीय खेलिरहेका २१ वर्षिय सार्कीले दोस्रो अर्धशतक बनाएका हुन् ।

टस हारेर फिल्डिङ गरेको नेपालले यूएईबाट ३११ रनको विशाल लक्ष्य पाएको छ । नेपालले खराब सुरुवात गर्दै पहिलो दुई ओभरमा दुई विकेट गुमाएको थियो । ६.५ ओभरमा कप्तान रोहित पौडेललाई गुमाउँदा भीम क्रिजमा आएका थिए । उनले ओपनर कुशल भुर्तेलसँग ६१ रनको साझेदारी गरे ।

विष्फोटक ब्याटिङ गरिरहेका कुशल आउट भएपछि नेपाल दबाबमा पर्‍यो, तर भीमले धैर्यता गुमाएका छैनन् । अहिले उनी आरिफ शेखसँग मिलेर नेपालको इनिङ अगाडि बढाइरहेका छन् । भीमले ६० बलमा अर्धशतक पूरा गरेका हुन् ।

उनको इनिङमा ५ चौका समावेश छन् । आरिफले २२ रन बनाएर भीमलाई साथ दिइरहेका छन् ।

प्रकाशित मिति २०७९ चैत २ गते बिहीबार ०३:५४
हजुरको प्रतिक्रिया