२०८३ साउन २१ गते बिहीबार

शोकमा रहेका सांसद बरालले गरे मतदान

शोकमा रहेका सांसद बरालले गरे मतदान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ३ गते शुक्रबार १०:५२

गत फागनु २६ गते उनका पिताको निधन भएको थियो

पोखरा । शोकमा रहेका गण्डकी प्रदेश सभाका सांसद प्रकाश बरालले काठमाडौं पुगेर उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् ।

गत फागनु २६ गते उनका पिताको निधन भएको थियो । शोकमा रहेका बराल उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न आज बिहान बुद्ध एयर मार्फत् काठमाडौं पुगेका हुन् । नेपाली कांग्रेसका सांसद बराल कास्की ३ ख बाट निर्वाचित हुन् ।

मतदान गरिसकेका उनी आज नै पोखरा फर्किनेछन् । उपराष्ट्रपतिको निर्वाचनमा प्रदेश सभा सदस्यहरु पनि मतदाता छन् । मताधिकार प्रयोग गर्न काजकिरियाकै पोसाकमा सांसद बराल काठमाडौं गएका हुन् ।

नेपाली कांग्रेस लगायत ७ दलको समर्थन जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई छ ।

 

प्रकाशित मिति २०७९ चैत ३ गते शुक्रबार १०:५२
हजुरको प्रतिक्रिया