२०८३ असोज २३ गते शुक्रबार

जनकविकेशरी धर्मराज थापाको स्मृतिमा लोकगीत प्रतियोगिता

जनकविकेशरी धर्मराज थापाको स्मृतिमा लोकगीत प्रतियोगिता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ३ गते शुक्रबार ०५:३०

बुवाले सिर्जना गरेका लोकभाकालाई नयाँ पुस्तामा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको स्व. धर्मराजका छोरासमेत रहेका मदनराज थापाले जानकारी दिए ।

पोखरा
जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने भएको छ । धर्मराज—सावित्री थापा प्रतिष्ठानको आयोजनामा चैत ६ देखि ११ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा नेपालका सबै जिल्लाका कलाकारहरुले सहभागी लिने पाउने प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी गराए । उनका अनुसार पहिलो अडिसन चैत ६ गते हुनेछ ।

अडिसन राउन्डमा सहभागीले आफूले मन परेको जुनसुकै लोकभाका प्रस्तुत गर्न पाउनेछन् ।

त्यसपछिको राउन्डमा भने जनकविकेशरी धर्मराज थापाले सिर्जना गरेका गीतलाई प्रस्तुत गर्नुपर्ने उनले बताए ।

पहिलो अडिसन पछि दोस्रो अडिसन चैत ९ गते गरिनेछ भने चैत ११ गते प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सान्त्वनाले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट १० मा पर्नेलाई पनि जनही ५/५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

बुवाले सिर्जना गरेका लोकभाकालाई नयाँ पुस्तामा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको स्व. धर्मराजका छोरासमेत रहेका मदनराज थापाले जानकारी दिए ।

प्रकाशित मिति २०७९ चैत ३ गते शुक्रबार ०५:३०
हजुरको प्रतिक्रिया