२०८३ साउन २१ गते बिहीबार

अभिनासले बनाए साइन बोर्ड बनाउने मेसिन

अभिनासले बनाए साइन बोर्ड बनाउने मेसिन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ३ गते शुक्रबार ०५:४४

‘एउटा मेसिन निर्माण गरेरमात्र बस्दिनँ । यसको बजारीकरणमा सबैले साथ दिए अन्य मेसिनहरु पनि निर्माण गर्दै जानेछु,’ उनले भने ।

पोखरा
पोखराका २० वर्षीय अभिनास अधिकारीले साइन बोर्ड बनाउने मेसिन बनाएका छन् । करिब एक महिना लगाएर बनाएको मेसिनबाट काठमा थ्रीडी टुडी शिलालेख, थ्रीडी, टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने उनको भनाइ छ ।

मेसिन अनावरणसँगै काठबाट बन्ने मायाको चिनोका लागि परनिर्भर हुनुपर्ने अवस्था नआउने भनाइ उनको छ ।

‘मायाको चिनो खरिदमा मात्रै नेपालबाट करौडौं रुपैयाँ बाहिर जान्छ । अरुप्रति हामी कति आश्रित हुने ?’ अधिकारीले भने, ‘स्थानीय स्रोत साधनलाई प्रयोग गरेर हामीले पनि त मेसिन निर्माण गर्न सक्छौं भन्ने लाग्यो । फलस्वरुप उक्त मेसिन निर्माण गरें ।’

उनले पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययन गरिरहेका छन् ।

‘एउटा मेसिन निर्माण गरेरमात्र बस्दिनँ । यसको बजारीकरणमा सबैले साथ दिए अन्य मेसिनहरु पनि निर्माण गर्दै जानेछु,’ उनले भने ।

अधिकारीले बनाएको मसिन बिहीबार पोखरा महानगर मेयर धनराज आचार्यले उद्घाटन गरेका छन् ।

मेसिन अनावरण गर्दै मेयर धनराज आचार्यले अभिनासले आफूले पढेको विषयलाई व्यावहारमा उतार्न गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे ।

गुराँस आर्टस्का निर्देशक अभिनासका बुबा शिव बहादुर अधिकारीले आफूले १८ वर्ष पहिले भारतबाट मेसिन मगाएर काम थालेको र अहिले छोराले मेसिन बनाएर सार्वजनिक गर्न पाउँदा खुसी लागेको उल्लेख गरे ।

प्रकाशित मिति २०७९ चैत ३ गते शुक्रबार ०५:४४
हजुरको प्रतिक्रिया