२०८३ असोज २३ गते शुक्रबार

उच्च अदालतले पोखरा नर्सिङ क्याम्पसमा चुनाव तत्काल नगर्न आदेश

उच्च अदालतले पोखरा नर्सिङ क्याम्पसमा चुनाव तत्काल नगर्न आदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ३ गते शुक्रबार ०८:२७

न्यायाधीश उज्ज्वल शुक्ला र ऋषि राजभण्डारीको संयुक्त इजालसले शुक्रबार उम्मेदवार सरकारी कर्मचारी रहेको परिपेक्ष्यमा के गर्ने भन्ने व्याख्याको प्रश्न देखिएकाले अन्तिम आदेश नआउँदासम्म कुनै चुनावी गतिविधि नगर्न आदेश दिएको हो ।

पोखरा

उच्च अदालत पोखराले अर्को एउटा क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तत्काल नगर्न आदेश दिएको छ ।

पोखरा नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनका दुई उम्मेदवार सरकारी सेवामा रहेको भन्दै त्यसलाई बदर गर्न माग गरी परेको रिटमा अदालतले अन्तिम आदेश नआउँदासम्म निर्वाचनसम्बन्धी कुनै गतिविधि अघि नबढाउन आदेश दिएको हो ।

न्यायाधीश उज्ज्वल शुक्ला र ऋषि राजभण्डारीको संयुक्त इजालसले शुक्रबार उम्मेदवार सरकारी कर्मचारी रहेको परिपेक्ष्यमा के गर्ने भन्ने व्याख्याको प्रश्न देखिएकाले अन्तिम आदेश नआउँदासम्म कुनै चुनावी गतिविधि नगर्न आदेश दिएको हो ।

नर्सिङ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुबाट स्ववियुमा अध्यक्ष र कोषाध्यक्ष उम्मेदवार रहेका अञ्जना अधिकारी र दीपिका धिताल सरकारी सेवामा रहेको दाबी रिट निवेदकको छ । नेविसंघनिकट अनुष्ठा चापागाईंले पोखरा नर्सिङ क्याम्पसअन्तर्गतको अनेरास्ववियु, अध्यक्ष उम्मेदवार अञ्जना अधिकारी, कोषाध्यक्ष उम्मेदवार दीपिका धिताल, नर्सिङ क्यापम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति, नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन समितिका संयोजक शारदा शर्मा र त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय कीर्तिपुरलाई विपक्षी बनाएर ३० फागुनमा रिट हालेकी थिइन् ।

अदालतको आदेशसँगै नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन तत्काल नहुने भएको छ । उच्च अदालत पोखराले नै पृथ्वीनारायण क्याम्पसमा पनि अन्तिम आदेश नआउँदासम्मलाई चुनाव नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । आफूले मागेको नाम नपाएको भन्दै त्यहाँका विद्यार्थीले अदालतमा रिट हालेका छन् ।

प्रकाशित मिति २०७९ चैत ३ गते शुक्रबार ०८:२७
हजुरको प्रतिक्रिया