२०८३ असोज २३ गते शुक्रबार

बार्सिलाेनाले युभेन्टसलाइ २ : 0 गाेलअन्तरले हरायाे

बार्सिलाेनाले युभेन्टसलाइ २ : 0 गाेलअन्तरले हरायाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १३ गते बिहीबार ०८:४१

एजेन्सी- शनिबार एल क्लासिकोमा ब्यहोरेको हारबाट पुनरागमन गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसलाई पारजित गरेको छ । बुधबार युभेन्टसलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गर्दै बार्साले च्याम्पियन्स लिगको नयाँ...

एजेन्सी- शनिबार एल क्लासिकोमा ब्यहोरेको हारबाट पुनरागमन गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसलाई पारजित गरेको छ । बुधबार युभेन्टसलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गर्दै बार्साले च्याम्पियन्स लिगको नयाँ सिजनमा शतप्रतिशत नतिजा कायम राखेको छ ।

खेलको १४ औँ मिनेटमा लियोनेल मेस्सीको पासमा ओसमान डेम्बेलेले बार्सालाई अग्रता दिलाए । खेलको ८५ औँ मिनेटमा मेरिह डेमिरालले दुईवटा पहेँलो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो । इन्जुरी समयमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै युभेन्टसको जीत सुनिश्चित गरे ।

खेलमा अल्भारो मोराटाले तीनपटक गोल गरे पनि हरेकपटक भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई रद्द गरिदिएका थिए ।

खेलमा युभेन्टसले सन् २००३–०४ सिजनपछि पहिलो पटक विपक्षीको पोष्टमा एक पनि प्रहार गर्न सकेन । उता, बार्सिलोना भने च्याम्पियन्स लिगको समूह चरणमा घरेलु मैदानबाहिर खेलिएका पछिल्ला ११ खेलमा अपराजित रहेको छ ।

बुधबारको खेललाई दुई वर्षपछि मेस्सीविरुद्ध क्रिस्टियानो रोनाल्डोको भिडन्त हुने भनेर प्रतिक्षा गरे पनि रोनाल्डो कोरोनाभाइरसको संक्रमणका कारण खेलमा सहभागी हुन सकेनन् । पोर्चुगलका लागि खेल्ने क्रममा गत १३ अक्टुबरमा उनमा संक्रमण पुष्टि भएको थियो । समयमा नेगेटिभ रिपोर्ट नआउँदा उनी खेलमा सहभागी हुन पाएनन् ।

खेलपछि बार्सिलोनाले सामाजिक सञ्जालमा विपक्षीलाई जिस्क्याउँदै मेस्सीको तस्विर राखेर लेखेको थियो – युभेन्टेस, तपाईंहरुको मैदानमा ‘गोट’ (सर्वकालिन महान् खेलाडी) लाई हेर्न पाएकोमा खुसी छौँ ।’

जीतसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा रहेको छ भने ३ अंकसहित युभेन्टस दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति २०७७ कात्तिक १३ गते बिहीबार ०८:४१
हजुरको प्रतिक्रिया