२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णय

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ५ गते आइतबार ०१:२८

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा.। प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

रास्वपाले पनि विश्वासको मत दिने

काठमाण्डौ

 

नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतवार आज सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तार हुने बताए । उनले संविधानको रक्षा, संवर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा जाने निर्णय भएको सुनाए ।

प्रवक्ता महतले आज बस्ने संसद् बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने बताएका छन् ।

प्रवक्ता महतले बैठकमा कसको निर्णयमा कांग्रेस सरकारमा सहभागी हुने भन्ने निर्णय भने नभइसकेको बताए । उनले कांग्रेसले मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने जानकारी दिए ।

 

रास्वपाले पनि विश्वासको मत दिने निर्णय

स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ । आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय लिएको हो ।

पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ । पार्टीका एक नेताले अहिलेको परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय बैठकले लिएको जानकारी दिए ।

पार्टीले उठाउँदै आएका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने शर्तमा सरकारमा जान सक्ने कुरा भएको उनको भनाइ छ । यस विषयमा ठोस निर्णय भने लिइएको छैन ।

रास्वपामा सरकारमा अहिले जानु नहुने मत पनि छ ।

 

प्रकाशित मिति २०७९ चैत ५ गते आइतबार ०१:२८
हजुरको प्रतिक्रिया