२०८३ साउन २१ गते बिहीबार

निजामति कर्मचारी संगठनमा आबद्व कर्मचारीले गण्डकीमा नमस्कार अभियान चलाउने

निजामति कर्मचारी संगठनमा आबद्व कर्मचारीले गण्डकीमा नमस्कार अभियान चलाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ५ गते आइतबार ०५:४९

शुक्रबार र शनिबार नवलपुरको पिप्रहर सामुदायिक होमस्टेमा भएको भेलाले १७ बुँदे नवलपुर घोषणापत्र जारी गरेको छ ।

नवलपुर

निजामति कर्मचारी संगठन गण्डकी प्रदेशमा आबद्व कर्मचारीले आफ्नो कार्यलयमा नमस्कार अभियान चलाउने भएका छन् ।

नवलपुरमा भएको निजामति कर्मचारी सहकारीको गण्डकी प्रदेशस्तरीय भेलाले कार्यालयमा आउने सेवाग्राहीलाई नमस्ते अभियान चलाउने निर्णय गरेको हो ।

शुक्रबार र शनिबार नवलपुरको पिप्रहर सामुदायिक होमस्टेमा भएको भेलाले १७ बुँदे नवलपुर घोषणापत्र जारी गरेको छ । सहकारीको पुँजीलाई वृद्धि गर्दै बचत तथा ऋणभन्दा माथी उठेर राष्ट्रिय गौरवका आयोजनामा लगानी गर्ने घोषणापत्रमा उल्लेख छ ।

राष्ट्र सेवक कर्मचारीले जम्मा गरेको पुँजीलाई कसरी राष्ट्रिय रुपमा एकीकृत गरेर लगानी गर्ने लगायतका एजेन्डा समेटर नवलपुर घोषणा पत्र जारी गरेको नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटाले बताए ।

भेलाले १३ सदस्यीय प्रदेश सहकारी समन्वय समिति समेत गठन गरेको छ । समितिको संयोजकमा बागलुङका घनश्याम सापकोटा छन् ।

निजामति कर्मचारी सहकारीले अहिले देशका ६८ जिल्लामा शाखा विस्तार गरेको छ । सहकारीमा २५ हजार सदस्य आबद्ध छन् ।

सहकारीको कुल पुँजी ३ अर्ब बढी छ ।

 

प्रकाशित मिति २०७९ चैत ५ गते आइतबार ०५:४९
हजुरको प्रतिक्रिया