कुश्मा
पर्वतको कुश्मामा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा नेपाल विद्यार्थी संघका सतिश रेग्मीसहित सबै प्यानल विजयी भएको छ ।
रेग्मीले निकटम् प्रतिद्वन्द्वी नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी जोश्ना कुँवरलाई हराएका हुन् । रेग्मीले १ सय ३१ मत ल्याउँदा कुँवरले ५३ मत ल्याइन् ।
२ सय १० विद्यार्थी मतदाता रहेकोमा जम्मा १ सय ८५ जना मतदानमा सहभागी थिए ।
नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले गठबन्धन गरेर चुनावमा सहभागी भएका हुन् । स्वतन्त्र विद्यार्थी युनियनको सचिवमा लक्ष्मण रेग्मी, र कोषाध्यक्षमा पवित्रा नेपाली विजयी भएका छन् ।
स्ववियु सदस्यहरूमा पूजाकुमारी पोखरेल, मनीषा परियार र सविना क्षेत्री विजयी भएका छन् । यीमध्ये कोषाध्यक्ष नेपाली र सदस्यद्वय परियार र क्षेत्री अनेरास्ववियु क्रान्तिकारी र बाँकी सबै नेविसंघमा आबद्ध विद्यार्थी हुन् ।
यस्तै समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले १ सय २९ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियने ५५ मत ल्याएका छन् ।
प्रकाशित मिति २०७९ चैत ५ गते आइतबार ०५:५६




