२०८३ साउन २१ गते बिहीबार

पञ्चासे जैविक विविधता पार्ककाे नयाँ वर्षमा उद्घाटन

पञ्चासे जैविक विविधता पार्ककाे नयाँ वर्षमा उद्घाटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ५ गते आइतबार ०६:३०

५४ रोपनी क्षेत्रफल निर्धारण गरी प्रारम्भिक निर्माण सुरुवात गरिएको पार्कमा चौतारी, फुट ट्रयाक, घण्टी पोखरी, बगैंचा, बिसौनीस्थलसमेत निर्माण गरिएका छन् ।

पोखरा
कास्कीको अन्नपूर्ण गाउँपालिका ४ टाँडीबिसौनीमा पञ्चासे जैविक विविधता पार्क बनने भएको छ । प्रदेश सरकारको सहयोगमा बन्न लागेको पार्कको प्रारम्भिक काम सुरु भएको छ ।

उक्त पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थान बिन्दुमा रहेकाले पदयात्रीलाईसमेत आकर्षण गर्ने अन्नपूर्ण गाउँपालिका ४ का वडाध्यक्ष आइन्दल गुरुङले जानकारी दिए ।

‘अध्ययन, अवलोकन, परीभ्रमण र होमस्टे बसाइँका निम्ति आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले सो पार्कको काम थालनी गरिएको हो,’ उनले भने ।

५४ रोपनी क्षेत्रफल निर्धारण गरी प्रारम्भिक निर्माण सुरुवात गरिएको पार्कमा चौतारी, फुट ट्रयाक, घण्टी पोखरी, बगैंचा, बिसौनीस्थलसमेत निर्माण गरिएका छन् ।

आगामी दिनमा ढुंगे धारा, योगा स्थल, टिसप, बोटानिकल गार्डेन, सांस्कृतिक घर, शौचालय, पानी फोहरा, कुटी, पाटीपौवा, सुटिङ स्टेसन, हर्बल गार्डेन, सुनाखरी बगैंचालगायत पूर्वाधार पनि थप गरिने पार्क निर्माण समिति अध्यक्ष तथा पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले जानकारी दिए ।

‘अन्य पूर्वाधारहरु पनि निर्माण क्रमिक रुपमा अगाडि बढाई पञ्चासेको उत्कृष्ट पर्यटन पूर्वाधारका रुपमा विकास गरी पर्यटक भित्र्याउने लक्ष्य रहेको छ,’ पौडेलले भने ।

धार्मिक, पर्यटकीय एवं सांस्कृतिक तीर्थस्थल पञ्चासेको पर्यावरणीय महत्व, जैविक विविधता र पर्यापर्यटन प्रवद्र्धन अभियानमा यी र यस्ता पूर्वाधारले सघाऊ पु¥याउने स्थानीयको अपेक्षा छ ।

पञ्चासे जैविक विविधता पार्कको बैशाख १ गते नयँ वर्षको अवसर पारेर उद्घाटन गरिने पार्क निर्माण समितिले जनाएको छ । नयाँ वर्षको अवसरमा पञ्चासेको पर्यापर्यटन प्रबद्र्धनका लागि पञ्चासे सुनाखरी पदयात्रा नामक हाइकिङ कार्यक्रम गरिने समितिको योजना छ ।

 

प्रकाशित मिति २०७९ चैत ५ गते आइतबार ०६:३०
हजुरको प्रतिक्रिया