२०८३ साउन २१ गते बिहीबार

एन्फा कास्कीका अध्यक्ष रन्जितलाई पितृ शोक

एन्फा कास्कीका अध्यक्ष रन्जितलाई पितृ शोक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ७ गते मंगलबार ०९:०१

उनको  निवास रामबजारबाट शवयात्रासहित सेती नदी किनारमा आज अन्तिम संस्कार गरिने ।

 

पोखरा
कास्की जिल्ला फुटबल संघ (एन्फा) का अध्यक्ष एवं पूर्व फुटबल खेलाडी उज्ज्जल रन्जितलाई पितृ शोक परेको छ ।

पोखरा १० रामबजार निवासी रन्जितका बाबु लक्ष्मण रन्जितको ७९ वर्षको उमेरमा सोमबार बेलुका निधन भएको हो । लामो समय वन कार्यालयमा कार्यरत लक्ष्मण मृगौला रोगबाट पीडित थिए ।
उनको  निवास रामबजारबाट शवयात्रासहित सेती नदी किनारमा आज अन्तिम संस्कार गरिने स्थानीय सुर्दशन रन्जितले बताए । स्वर्गीय लक्ष्मणका १ श्रीमती, ३ छोरा, २ छोरी रहेका छन ।

प्रकाशित मिति २०७९ चैत ७ गते मंगलबार ०९:०१
हजुरको प्रतिक्रिया