२०८३ साउन २१ गते बिहीबार

करण केसीसहित यु–१९ का ३ क्रिकेटरलाई भूपू खेलाडीको सम्मान

करण केसीसहित यु–१९ का ३ क्रिकेटरलाई भूपू खेलाडीको सम्मान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ७ गते मंगलबार ११:०९

उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदानको पनि छिटो स्तरोन्नति हुनुपर्ने बताए । खेलाडी करण केसीले आफूहरुले प्रतियोगिताका दौरान धेरै मेहनत गरेको र त्यसैको प्रतिफल पाएको सुनाए ।

पोखरा

भूतपूर्व खेलाडी मञ्च पोखराले सिनियर टोलीका क्रिकेटर करण केसीसहित यु–१९ का सुवास भण्डारी, अर्जुन कुमाल र दीपक डुम्रेलाई मंगलबार पोखरामा नगदसहित सम्मान गरेको छ ।

मञ्चले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्वूपूर्ण योगदान गरेका बागलुङका केसीसँगै यु–१९ विश्वकपमा छनोटमा पुर्‍याउने टोलीका सदस्यत्रय कास्कीका सुवास भण्डारी, अर्जुन कुमाल र नवलपुरका दीपक डुम्रेलाई सम्मान गरेको हो । डुम्रे भने व्यस्तताका कारण्ण कार्यक्रममा सहभागी थिएनन् । आइसीसी विश्वकप लिग २ का खेलमा केसीले कूल ५० विकेट लिँदै सानदार प्रर्दशन गरेका थिए ।

उनलाई मञ्चले २० हजार रुपैयाँसहित सम्मान गरेको हो । त्यस्तै सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएका यु–१९ का ३ जना खेलाडीलाई मञ्चले जनही ५ हजारका दरले नगदसहित सम्मान गरेको हो । मञ्चका कार्यवाहक अध्यक्ष दिलबहादुर गुरुङले खेलमा जितसँगै नेपालीलाई एकताको सुत्रमा बाँधेको बताए । ‘अब उहाँहरु व्यक्तिगत हुनुहुन्न, सार्वजनिक व्यक्तित्व भइसक्नुभयो, अब उहाँहरुको जिम्मेवारी झनै बढेको छ,’ उनले भने ।

उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदानको पनि छिटो स्तरोन्नति हुनुपर्ने बताए । खेलाडी करण केसीले आफूहरुले प्रतियोगिताका दौरान धेरै मेहनत गरेको र त्यसैको प्रतिफल पाएको सुनाए । ‘हामी धेरै नै मेहेनत गरेका गर्छौं । यसरी नै सधैं माया, सम्मान भइरहने हो भने अझै धेरै ऊर्जा जाग्छ,’ उनले भने ।

सोही अवसरमा पोखरा क्रिकेट एक्याडेमीले पनि खेलाडीलाई सम्मान गरेको थियो । एक्याडेमीले ४ जना खेलाडीलाई जनही ५ हजार रुपैयाँका दरले सम्मान गरेको हो

प्रकाशित मिति २०७९ चैत ७ गते मंगलबार ११:०९
हजुरको प्रतिक्रिया