प्रदेशमा ज्यान गुमाउनेकाे संख्या ७२ पुग्याे
पाेखरा । गण्डकी प्रदेशमा बिहीबार थप २ जनाकाे ज्यान गएकाे छ भने प्रदेशभर थप १०२ जना संक्रमित थपिएका छन ।
पोखरा १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा बुधबार राति ११ बजे ज्यान गएकाे हाे । यता, पर्बत जिल्ला, कुश्मा नगरपालिका – ६ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको १३ गते बिहीबार बिहान ६:१५ बजे चरक मेमोरियल अस्पताल, पोखराको आई.सि.यु. मा उपचारका क्रममा ज्यान गएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
यससंगै प्रदेशमा ज्यान गुमाउनेकाे संख्या ७२ पुगेकाे छ ।
बिहीबार पाेखरा महानगरपालिकाका ४१ जनासहित कास्कीका ४६ जना, गाेरखाका २७ जना, नवलपरासीका १२ जना, तनहुँका ९ जना, म्याग्दीका ५ जना, पर्वतका २ जना र लमजुङका १ जना गरि कुल १०२ जना संक्रमित बनेका छन ।
यससंगै गण्डकी प्रदेशमा काेराेना भाइरसका कारण संक्रमित हुनेकाे संख्याले ७ हजार पार गरेकाे छ । प्रदेशमा कुल संक्रमितकाे संख्या ७०४७ जना पुगेकाे छ ।
प्रकाशित मिति २०७७ कात्तिक १३ गते बिहीबार ०६:०८




