२०८३ साउन २१ गते बिहीबार

वात्स्यायन वृद्धाश्रमको अध्यक्षमा बानियाँ

वात्स्यायन वृद्धाश्रमको अध्यक्षमा बानियाँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ८ गते बुधबार ०६:५९

गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री कुमार खड्काले वृद्धाश्रमलाई अझै व्यवस्थित बनाउनुपर्ने बताए ।

पोखरा

पोखरा महानगरपालिका १४ मा रहेको वात्स्यायन वृद्धाश्रमको अध्यक्षमा ललितबहादुर बानिया चयन भएका छन् । बुधबार भएको छैटौं साधारण सभा तथा चौंथो अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको हो ।

बानियाँ नेतृत्वको समितिको उपाध्यक्षमा थमनबहादुर कार्की, सचिवमा रामजी केसी खत्री, उपसचिवमा सविना अधिकारी क्षेत्री र कोषाध्यक्ष नरेन्द्र कुँवर चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यमा कीर्तिबहादुर खत्री, जगन्नाथ तिमिल्सिना, रामचन्द्र खत्री, राधिका लम्साल, बालाराम बराल र मिठु कार्की चयन भएका छन् ।

सोअवसरमा गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री कुमार खड्काले वृद्धाश्रमलाई अझै व्यवस्थित बनाउनुपर्ने बताए । उनले त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

ललित बानियाँले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता बोधबहादुर कार्कीले गरेका थिए ।

कार्यक्रमा कमलनयन गौतम, धर्मराज श्रेष्ठ, जगन्नाथ तिमिल्सिना, ईन्द्रमाया बानियाँ, तारा पाखे लगायतले बोलेका थिए ।

प्रकाशित मिति २०७९ चैत ८ गते बुधबार ०६:५९
हजुरको प्रतिक्रिया