२०८३ साउन २१ गते बिहीबार

भानुभक्तमा लागेको ताला खुल्यो

भानुभक्तमा लागेको ताला खुल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ९ गते बिहीबार १२:२१

स्ववियु निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका विद्यार्थीको भर्ना नै नभएको र स्ववियु निर्वाचन अवधिभर क्याम्पस बन्द हुने भएपछि भोट माग्ने अधिकारबाट वञ्चित गराएको भन्दै तालाबन्दी भएको हो ।

पोखरा

स्ववियु निर्वाचनको संघारमा तनहुँको बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा लागेको ताला खुलेको छ । बिहिबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच सहमति भएसँगै क्याम्पसमा लागेको ताला खुलेको हो ।

फागुन २९ गते नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए । स्ववियु निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका विद्यार्थीको भर्ना नै नभएको र स्ववियु निर्वाचन अवधिभर क्याम्पस बन्द हुने भएपछि भोट माग्ने अधिकारबाट वञ्चित गराएको भन्दै तालाबन्दी भएको हो ।

नेकपा एमाले निकट अनेरास्ववियुले भने तालाबन्दी खोलेर निर्धारित मितिमै स्ववियु निर्वाचन गराउन क्याम्पस प्रशासनलाई दबाब दिइरहेको थियो । तालाबन्दीकै कारण भानुभक्त बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन । बिहीबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच ३ बुँदै सहमती भएको हो ।

पठनपाठन तत्काल सुरु गर्ने, भर्ना प्रकृया सुरु गर्ने र स्ववियु निर्वाचनका लागि क्याम्पस प्रशासनले तत्काल क्याम्पस सञ्चालक समितिसमक्ष प्रस्ताव लैजाने समहती भएको अखिल (क्रान्तिकारी) भानुभक्त बहुमुखी क्याम्पस इकाइ अध्यक्ष विनिता भण्डारीले बताइन ।

प्रकाशित मिति २०७९ चैत ९ गते बिहीबार १२:२१
हजुरको प्रतिक्रिया