२०८३ असोज २३ गते शुक्रबार

चर्चामा बिष्णु माझीकाे ‘तेल तुर्काउ तुरूक्क’ ( भिडियाे )

चर्चामा बिष्णु माझीकाे ‘तेल तुर्काउ तुरूक्क’ ( भिडियाे )

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १३ गते बिहीबार ०७:३४

पाेखरा । गायीका बिष्णु माझी अहिलेकाे लाेकदाेहाेरी गायनमा सर्वाधिक चर्चित, सफल र खाेजीमा पर्ने गायीका हुन । उनकाे गायनमा गीत सार्वजनिक गर्न गीतका रचनाकार, संगीतकारहरू पर्खेर बस्नुपर्ने अवस्था समेत छ । यसै मेसाेमा गायीका माझीकाे...

पाेखरा । गायीका बिष्णु माझी अहिलेकाे लाेकदाेहाेरी गायनमा सर्वाधिक चर्चित, सफल र खाेजीमा पर्ने गायीका हुन । उनकाे गायनमा गीत सार्वजनिक गर्न गीतका रचनाकार, संगीतकारहरू पर्खेर बस्नुपर्ने अवस्था समेत छ । यसै मेसाेमा गायीका माझीकाे स्वरमा समेटिएकाे गीत ‘तेल तुर्काउ तुरूक्क’ यतिबेला चर्चामा छ ।

क्रियशन अफ द इयरले बजारमा ल्याएकाे ‘तेल तुर्काउ तुरूक्क’मा गायीका माझीसंगै आकाश महतकाे स्वर रहेकाे छ । गीतमा शव्द, संगीत र एरेञ्ज चर्चित लाेकदाेहाेरी सर्जक याम थापा मगरकाे रहेकाे छ ।

गीतमा जीवन भट्टराइ र लक्ष्मी वर्देवाकाे अभिनलयले सुनमा सुगन्ध थपेकाे छ । पछिल्लाे समय म्युजिक भिडियाेहरूमा एकपछि अर्काे हिट दिएकाे याे जाेडीले याे गीतमा पनि जिवन्त अभिनय गरेकाे छ । भिडियाेमा बाल कलाकारका रूपमा मिगिनहाङ राइलाइ देख्न सकिन्छ ।

नवराज उप्रेतीले खिचेकाे भिडियाेमा श्रीमान श्रीमतिकाे असिम प्रेम व्यक्त छ । जसलाइ नवराज उप्रेतीले सम्पादन गरेका छन । प्रकास भट्टकाे निर्देशनमा बनेकाे गीतले हाराहारी ५ लाख दर्शककाे साथ पाएकाे छ ।

https://youtu.be/05YkGumje4U

 

प्रकाशित मिति २०७७ कात्तिक १३ गते बिहीबार ०७:३४
हजुरको प्रतिक्रिया