२०८३ साउन २१ गते बिहीबार

सुपर मादी हाइड्रोपावरको विद्युत् आजदेखि राष्ट्रिय प्रसारण लाइनमा

सुपर मादी हाइड्रोपावरको विद्युत् आजदेखि राष्ट्रिय प्रसारण लाइनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ११ गते शनिबार ०४:१५

पोखरा कास्कीको मादी गाउँपालिकामा निर्माण भएको सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा शनिबारदेखि नियमित रुपमा जडान भएको छ । सुपर मादी जलविद्युत् (हाइड्रोपावर) बाट उत्पादित १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण...

नियमित १५ मेगावाट बिजुली उत्पादन

पोखरा

कास्कीको मादी गाउँपालिकामा निर्माण भएको सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा शनिबारदेखि नियमित रुपमा जडान भएको छ । सुपर मादी जलविद्युत् (हाइड्रोपावर) बाट उत्पादित १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा शनिवार थपिएको हो ।

वर्षायाममा ४४ मेगावाट क्षमताको सुपरमादीले पीपीए अनुसार चैतमा १३ मेगावाट क्षमता भए पनि १५ मेगावाट उत्पादन गरेको सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताए । उनले बिहीवारदेखि परीक्षण उत्पादन गरेर पनि आजदेखि नियमित उत्पादन सुरु भएको जानकारी दिए ।

७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब रुपैयाँभन्दा बढी लागत बढेको आयोजना मादी किनारको कलबन्दीबाट सुरु हुन्छ । सुपर मादीको ६ किलोमिटर सुरुङ मार्ग छ भने कमजोर भौगोलिक अवस्थाका कारण करिब ८ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गरेको ढुङ्गानाले जानकारी दिए ।

हाइड्रोपावरको काम २०७५ साल मंसिरदेखि सुरु भएको थियो । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिएको छ । आयोजनाबाट वार्षिक २४२ दशमलव ६५ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि ९ किलोमिटर दूरीमा रहेको माथिल्लो मादी विद्युतगृह नजिकैको सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले बनाएको हो ।

प्रकाशित मिति २०७९ चैत ११ गते शनिबार ०४:१५

हजुरको प्रतिक्रिया