२०८३ साउन २१ गते बिहीबार

आईपीएल : हारपछि काेलकताकाे प्लेअफ यात्रा कठिन

आईपीएल : हारपछि काेलकताकाे प्लेअफ यात्रा कठिन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १४ गते शुक्रबार ०६:४६

पाेखरा । १३ औं आईपीएलकाे ४९ औं खेलमा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै पाँचौ जित तथा लगातार दोश्रो जित दर्ता गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा कोलकाताले दिएको १७३ रनको लक्ष्य चेन्नाईले...

प्लेअफमा क-कसकाे सम्भावना बाँकी ?

पाेखरा । १३ औं आईपीएलकाे ४९ औं खेलमा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै पाँचौ जित तथा लगातार दोश्रो जित दर्ता गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा कोलकाताले दिएको १७३ रनको लक्ष्य चेन्नाईले अन्तिम बलमा ४ विकेट गुमाएर पछ्याएको हो ।

अन्तिम बलसम्म खेल्दै जीत् दर्ता गरेकाे चेन्नाई आईपीएल इतिहासमै लक्ष्य पछ्याउने क्रममा सबैभन्दा धेरै अन्तिम बलमा खेल जित्ने टिम बनेको छ। चेन्नाईले ६ पटक अन्तिम बलसम्म लक्ष्य पछ्याएको छ जसले मुम्बई इन्डीएन्स (५ पटक ) लाई पछि पारेको हो ।

चेन्नाईको लागि ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ७२ रन बनाए जसले ५३ बलमा ६ चौका र २ छक्का हिर्काए । अम्बाती रायडुले २० बलमा ५ चौका र १ छक्का मद्दतले ३८ रन बनाए । रभिन्द्र जडेजाले अविजित ११ बलमा ३१ रन बनाए जुन क्रममा २ चौका र ३ छक्का हिर्काए । स्याम करनले अविजित १३ रन बनाए । शेन वाटसनले १४ तथा धोनीले १ रन जाेडे ।

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

कोलकाताको लागि ओपनर नितिश रानाले सर्वाधिक ८७ रन बनाए जुन क्रममा ६१ बलमा १० चौका र ४ छक्का हिर्काए। रानाको यो आईपीएलमा सर्वाधिक व्यक्तिगत स्कोर हो । यस अघि उनले गत सिजन बैंगलोर बिरुद्ध बनाएको अविजित ८५ रन सर्वाधिक थियो ।

दिनेश कार्तिकले , शुबमन गिलले २६ रन, दिनेश कार्तिकले अविजित २१ रन , ओएन मोर्गनले १५ तथा रिंकु सिंहले ११ रन बनाए ।

चेन्नाईको बलिंगमा लुंगी एनगीडीले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। कर्न शर्मा ( ४-०-३५-१ ), रभिन्द्र जडेजा ( ३-०-२०-१ ) , र मिचेल स्यान्टनरले ( ३-०-३०-१ ) ले समान १ विकेट लिए।

जित पछि अंकतालिकामा चेन्नाईले १३ खेलमा ५ जित र ८ हार पछि १० अंक बटुल्दै राजस्थान र हैदरावादको बराबरी गरेको छ। नेट रन रेटमा पछि रहँदै चेन्नाई पुछारमा यथावत रहेको छ।

हारपछि कोलकाता पाँचौ स्थानमा यथावत रहेको छ जसले १३ खेलमा ६ जित र ७ हार बेहोरेको छ । समान १२ अंक रहेता पनि पन्जाब नेट रन रेटमा अघि रहेको छ ।

 

 

हारपछि कोलकातालाई प्लेअफ पुग्न अब राजस्थान बिरुद्ध लिगको अन्तिम खेल जित्ने पर्नेछ भने अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ। अब कोलकाताले अर्को खेल जित्ने हो भने पनि अन्य टिमको नतिजाको आधारमा मात्र प्लेअफमा स्थान बनाउने सम्भावना रहन्छ । तर नेट रन रेट निकै कमजोर ( -०.४६७ ) हुँदा अब कोलकाताको सम्भावना कमजोर बनेको छ।

मुम्बई लिगको प्लेअफ पुग्ने पहिलो टिम हो भने चेन्नाई यस अघिनै प्लेअफ रेसबाट बाहिर भैसकेको छ ।

लिग अन्तर्गत चेन्नाईले आगामी खेल तथा लिगको अन्तिम खेल आइतबार पन्जाब बिरुद्ध तथा कोलकाताले आगामी खेल आइतबारनै राजस्थान बिरुद्ध खेल्नेछ ।

शुक्रबारको खेलमा पन्जाब र राजस्थानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति २०७७ कात्तिक १४ गते शुक्रबार ०६:४६
हजुरको प्रतिक्रिया