याे फेसबुक स्टाटसमा उल्लेखित शव्दहरू उनै श्रेद्द्य गुरुका शव्दहरू हुन जसले गत बिहीबार कोबिडका कारण संसार त्यागे ।

जुन अक्षर अहिले म उनको सम्झनामा लेखिरहेको छु यसको श्रेय उनै गुरुको देन हो । उनि मेरा गुरु मात्रै हैनन् मेरा असल अभिभावक पनि हुन । उनि असल अभिभावक मात्रै हैनन मेरा पथ प्रर्दशक पनि हुन ।
जसको विचारले मलाइ सधै सहि मार्गका लागि प्रेरित गरे । उनैको काखमा हुर्कदै करिव दुइ दशक सगै रहे । पछिल्लो समय उनि मेरा गुरु र अभिभावक मात्रै रहेनन असल मित्र रूपमा उनले मलाइ सदा स्नेह, प्रेम र अभिभावक्त्व प्रदान गरिरहे । यो उनको सफल व्यक्तित्व र असल मानिस हुनुको पहिचान थियो । मेरा प्रतिकाे स्नेह र शुभेच्छा थियाे ।
केहि महिना अघि मैले उनको जन्मदिनको शुभकामनाका लागि फोन गरेको थिए । उनि त्यो फोन बार्तामा यति हर्षित थिए जो अहिले उनैले सिकाएका यी शब्दले मैले बयान गर्न असमर्थ छु । उनि चरक हस्पिटलमा उपचारत छन भनि न मैले पहिले थाहा पाए न त उनलाइ कोरोना संक्रमण छ भन्ने नै मलाइ ज्ञात थियाे । यसर्थ, उनले भने जस्तै सामाजिक सञ्जालमा स्वास्थ्यलाभको न त कामना नै गरे न त उनलाइ फोन गर्ने कुनै मौका नै पाए ।
जीवनमा सबैभन्दा पछुतो केहि कुराकाे छ भने अब मैले कहिल्यै सुन्न नपाउने उनकाे आवाजको रहनेछ । उनको विचार, मेरा प्रतिकाे माया, स्नेह र अभिभावकत्व म मा सदा अमर रहने छ । स्मरणीय रहनेछ ।
कोबिडका कारण उनको मृत देह देख्ने लालसा पनि पानीको फोका झै भयो । पर्वतबासिको उदार दिलको नक्षत्र अस्त भएको यो बखत म शोकमग्न छु । अपत्यारिलो यो घटना झुटो झै भएको छ । मैले यी शब्द लेखिरहदा म आफै रन्थनिएको छु । जीवनमा मृत्यु सत्य हो र पनि धैर्यता गुम्दो रहेछ ।
मेरा प्रिय गुरु यी मैले जानेका शब्दहरु तपाइ सामु झुकिरहेकाछन । तपाइका बारे जति लेखे पनि नसकिने यी तपाइले नै सिकाएका शब्दहरु लज्जित छन । रोइरहेछन, कराइरहेछन, अपत्यारिलाे एउटा सत्यसंग हारिरहेका छन । मेरा प्रिय अभिभावक तपाइमार्फत सिकेका अनेकाै सत्य नै यतिबेला यहाँकाे अनन्त यात्राको कामना गरिरहेछन । मेरो प्रिय मित्र जसले मलाइ जहिले सहज र सरल हुन सिकायो त्यसैको स्वरुप म तिम्रो यात्रामा शान्तिकाे कामना गरिरहेछु ।

प्रिय गुरु, तपाइले भने जस्तै राती फुलेका फूलहरु जो तपाइको शबसम्म पनि पुग्न सकेनन । तपाइ हरेकको सुगन्ध हुँदै बाच्नु भो । दुइ दशक तपाइको काखमा हुर्कदै जाँदा मैले रिसको कुनै झिल्को देखिन न त अहमताको कुनै बिन्दु ।
२०० भन्दा बढि घरधुरि भएको त्यो गाउँ जो यतिबेला भाव विह्वल छ । सधै फोन बार्ता हुने गाउँमा मैले कसैको नम्मर डायल गर्ने हिम्मत जुटाउन सकिरहेको छैन । मान्छे जो समयले सिकाएका हरेक झापडहरु सहनु पर्दो रहेछ । यो बेला म पोखरा सहरमा छु । कास, म त्यहि गाउँमा हुन्थे । मेरो भावाबेदना सबैसँग साट्थे । म एक्लो आफै एक्लिएको कोठामा बिरक्त छु ।
शुन्य समयको यो असहज स्थितिमा म मेरो प्रिय गुरु, अभिभावक, दाइ र मित्रको अनेकाै स्वरुपलाइ कोट्याइरहेछु ।
मृत्यु एक सास्वत सत्य हाे । ढिलाे चाँडाे सवैले त्यसलाइ अंगाल्नु नै छ । अलविदा,
प्रकाशित मिति २०७७ कात्तिक १४ गते शुक्रबार ०७:५५




