२०८३ असोज २३ गते शुक्रबार

पोखराका १ सय ८० सञ्चारकर्मीले गरे आँखा जाँच

पोखराका १ सय ८० सञ्चारकर्मीले गरे आँखा जाँच

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १३ गते सोमबार ०१:४३

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार नारायण कार्कीको आँखाको जाँच गरी सुरु भएको कार्यक्रममा १ सय ५ जनालाई आँखा जाँच गरी औषधी वितरण गरिएको थियो ।

पोखरा

पोखराका सञ्चारकर्मीहरुलाई लक्षित गरेर नेपाल पत्रकार महासंघ कास्कीको परिसरमा आज आँखा जाँच शिविर भएको छ ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस तथा नेपाल नेत्रज्योति संघको ४५ औं स्थापना दिवसको अवसरमा आँखा शिविर गरिएको हो । नेपाल नेत्रज्योति संघ कास्कीको आयोजना तथा नेपाल पत्रकार महासंघ गण्डकीको संयोजनमा भएको आँखा शिविरमा १ सय ८० जनाको आँखा जाँच गरिएको थियो ।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार नारायण कार्कीको आँखाको जाँच गरी सुरु भएको कार्यक्रममा १ सय ५ जनालाई आँखा जाँच गरी औषधी वितरण गरिएको थियो । शिविरमा ३५ जनालाई चस्मा वितरण गर्नुका साथै १५ जनाको आँखाको थप उपचारको लागि हिमालय आँखा अस्पताल रेफर गरिएको पत्रकार महासंघ गण्डकीका सचिव तथा कार्यक्रम संयोजक यदुनाथ बञ्जराले जानकारी दिए । शिविरमा सञ्चारकर्मीको साथै स्थानीयले पनि आँखा जाँच गराएका थिए ।

हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा डाक्टर इलिया श्रेष्ठ र सुवास नेपालले आँखा जाँच गरेका थिए । नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष अधिवक्ता कृष्णबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । नेपाल पत्रकार महासंघको स्थापना २०१२ चैत १६ गते भएको हो भने स्थापना दिवसको अवसरमा आँखा जाँच शिविर गरिएको हो ।

प्रकाशित मिति २०७९ चैत १३ गते सोमबार ०१:४३
हजुरको प्रतिक्रिया