२०८३ असोज २४ गते शनिबार

बागलुङको चैत्राष्टमी मेलामा भलिबल खेल शुरू

बागलुङको चैत्राष्टमी मेलामा भलिबल खेल शुरू

रोहन जि.सी

@Public 4K Tv

२०७९ चैत १३ गते सोमबार ०४:३०

चैत्राष्टमी मेलामा यतिबेला गीत संगित मात्रै हैन खेलकुदले महत्त्वपूर्ण स्थान लिएर मेलाको गरिमा बढेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।

बागलुङ

गण्डकी प्रदेशको सबैभन्दा ठूलो मेला लाग्ने पर्व चैत्राष्टमी अवसरमा बागलुङ सदरमुकाममा लागेको चैते दशै मेलालाइ भब्य रूपमा सम्पन्न गर्ने उद्धेश्यले राष्ट्रिय भलिबल खेल शुरू भएको छ ।

कालिका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले आयोजना गरेको मेलाको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरे । चैत्राष्टमी मेलामा यतिबेला गीत संगित मात्रै हैन खेलकुदले महत्त्वपूर्ण स्थान लिएर मेलाको गरिमा बढेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।

पुरानो परम्परागत रूपमा लाग्ने मेलाको स्वरूप परिवर्तन भएको यतिबेला आन्तरिक पर्यटक तान्न हाम्रो मेला महोत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने गरेको नगर प्रमुख श्रेष्ठले बताए । कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक बर्ष मन्दिर परिसरमा ५ दिने मेलाको आयोजना गरि लाखौं दर्शक भित्र्याउने गरेको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

५ दिनसम्म संचालन हुने मेलामा राष्ट्रियस्तरको १३ टिम सहभागी भएका छन् । प्रथम हुने टिमलाई ३ लाख पुरस्कार को ब्यवस्था गरिएको छ । गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रम संचालन कार्यालय प्रमुख तारा शर्माले गरेका थिए ।

प्रकाशित मिति २०७९ चैत १३ गते सोमबार ०४:३०

हजुरको प्रतिक्रिया