२०८३ साउन २१ गते बिहीबार

वडा नम्बर ८ मा वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सुरु

वडा नम्बर ८ मा वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १४ गते मंगलबार ०२:२२

खुलातर्फको प्रतिस्पर्धामा १३ समूह सहभागी छन् । भेट्रान्सतर्फ ८ समूहले प्रतिस्पर्धा गर्नेछन् ।

पोखरा

पोखरा महानगरपालिका वडा नम्बर ८ को आयोजनामा वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

मंगलबारदेखि सुरु प्रतियोगिता २ दिन चल्नेछ । दोस्रो चरणको वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगितामा वडाभरका खेलाडी सहभागी छन् ।

खुलातर्फको प्रतिस्पर्धामा १३ समूह सहभागी छन् । भेट्रान्सतर्फ ८ समूहले प्रतिस्पर्धा गर्नेछन् ।

दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुने समूहले ब्याडमिन्टनका खेल सामाग्रीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

युवाहरुलाई ब्याडमिन्टन खेलप्रति उत्साहित र प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरेको वडाध्यक्ष रुद्रनाथ बरालले बताए ।

प्रकाशित मिति २०७९ चैत १४ गते मंगलबार ०२:२२
हजुरको प्रतिक्रिया