२०८३ साउन २१ गते बिहीबार

शुक्रबार एकाबिहानै पाेखराका ६० जनामा काेराेना पुष्टी

शुक्रबार एकाबिहानै पाेखराका ६० जनामा काेराेना पुष्टी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १४ गते शुक्रबार ०८:०६

पाेखरा । शुक्रबार एकाबिहानै पाेखरा महानगरपालिकाका ६० जनासहित गण्डकी प्रदेशमा थप ९८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । सवैजनाकाे कन्ट्याक ट्रेसिङ र फिवर क्लिनकबाट संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले...

प्रदेशमा ९८ थपिए, कुल संक्रमित ७१४५ पुगे

पाेखरा । शुक्रबार एकाबिहानै पाेखरा महानगरपालिकाका ६० जनासहित गण्डकी प्रदेशमा थप ९८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । सवैजनाकाे कन्ट्याक ट्रेसिङ र फिवर क्लिनकबाट संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

संक्रमित हुनेहरूमा पाेखराका ६० जना, नवलपरासीका २२ जना, तनहुँका ८ जना, स्याङ्जाका ३ जना, लमजुङका २ जना, गाेरखाका २ जना र पर्वतका १ जना रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

यससंगै गण्डकी प्रदेशमा संक्रमितकाे कुल संख्या ७ हजार १ सय ४५ पुगेकाे छ।

 

प्रकाशित मिति २०७७ कात्तिक १४ गते शुक्रबार ०८:०६
हजुरको प्रतिक्रिया