२०८३ साउन २१ गते बिहीबार

वडा ८ स्तरिय व्याडमिण्टनको उपाधी सुरेस र नारायणको जोडीलाई

वडा ८ स्तरिय व्याडमिण्टनको उपाधी सुरेस र नारायणको जोडीलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १५ गते बुधबार ०५:२९

प्रतिस्पर्धात्मक फाइनल खेलमा वडाध्यक्ष समेत रहेका रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडीलाई १४–२१, २१–१९ र २१–९ को सेटमा पराजित गर्दै यो जोडीले उपाधी रक्षा गरेको हो ।

पोखरा

पोखरा महानगरपालिका वडा नम्बर ८ ले आयोजना गरेको वडास्तरीय व्याडमिण्टन प्रतियोगिताको उपाधी सुरेस तामाङ र नारायण रानामगरको जोडीले जितेका छन् । बुधबार खुल्लातर्फ भएको फाइनल खेलमा दिल सुनारी र श्याम थापाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा जित निकाल्दै सुरेस जोडीले यो प्रतियोगिताको उपाधी जितेको हो । देवन थापा र सूर्यबहादुर थापाको जोडीले तेश्रो स्थान प्राप्त गरे ।

युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा सम्पन्न प्रतियोगितामा भेट्रान्सतर्फ सरोज श्रेष्ठ र सुनिल पौडेलको जोडी प्रथम हुन सफल भयो । प्रतिस्पर्धात्मक फाइनल खेलमा वडाध्यक्ष समेत रहेका रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडीलाई १४–२१, २१–१९ र २१–९ को सेटमा पराजित गर्दै यो जोडीले उपाधी रक्षा गरेको हो । फुर्वा छिरिङ गुरुङ र रबिन कुमार विश्वकर्माले तृतीय स्थानमा चित्त बुझाए ।

प्रतियोगितामा विजयी खेलाडीहरुले खेल समाग्री सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार पाए । उनीहरुलाई प्रतिनिधी सभा सदस्य विद्या भट्टराईले  पुरस्कार प्रदान गरिन् । सो अवसरमा भट्टराईले खेलकुदले स्वस्थ्य समाज, स्वस्थ्य नागरिक उत्पादन गर्ने हुँदा मानव जिवनमा खेलकुदको महत्वपूर्ण पाटो रहेको औल्याइन् । तर सरकारले खेल क्षेत्रलाई कहिल्यै प्राथमिकतामा नराखेकोमा दुखेसो पोख्दै खेल क्षेत्रमा बजेट बढाउन आफुले पहल गर्ने बताइन् ।

समापन समारोहमा वडा-७ का वडाध्यक्ष राममोहन आचार्य, वडा-५ का वडाध्यक्ष विष्णु प्रसाद बराल, निवर्तमान अध्यक्ष डिवी नेपाली, वडा-८ का सदस्य गोविन्द बराल, निवर्तमान सदस्य किरण गौतम लगायतले प्रतियोगिताको महत्वबारे बोलेका थिए । वडा सचिव सविता ढुङ्गानाले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा आयोजक वडाका वडाध्यक्ष रुद्रनाथ बरालले प्रतियोगितालाई आगामी वर्षहरुमा थप परिस्कृत गर्दै निरन्रता दिइने बताए ।

प्रकाशित मिति २०७९ चैत १५ गते बुधबार ०५:२९
हजुरको प्रतिक्रिया